शिक्षक सेवा आयोगले खुलायो विज्ञापन, निमावी स्तरको २६ सय शिक्षक माग, विज्ञापनको विस्तृत विवरण सहित


सेवारो खबर  243 पटक हेरिएको

काठमाडौंः झन्डै २६ सय शिक्षक माग गर्दै शिक्षक सेवा आयोगले विभिन्न विषयमा आवेदन खुलाएको छ ।

आयोगले बुधबार (आज) सूचना निकालेर निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीका लागि २ हजार ५ सय ९८ जना शिक्षकको आवेदन माग गरेको हो ।

सूचनामा नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयजुर्वेदमा एक, गणित-विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा ३, संस्कृत भाषामा ४, संस्कृत कर्मकाण्डमा १ शिक्षक माग गर्दै विज्ञापन खुलाइएको हो ।

इच्छुक उम्मेदवारले आउँदो ६ माघसम्म तोकिएको दस्तुरमा र ७ देखि १३ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ । ७ वटै प्रदेशमा परीक्षा केन्द्र तोकिएका छन् । आवेदनका लागि आयोगको वेबसाइटमा गएर अनलाइन फारमसमेत भर्न सकिने सूचनामा उल्लेख छ ।

विज्ञापनकाे विस्तृत विवरण पीडिएफमा…Notice education

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार