इलाम: इलाम नगरपालिका सुरक्षित आप्रवासन परियोजना (सामी)ले २२औ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको जिल्लाभरीको सप्ताह व्यापी कार्यक्रम शुक्रबार समापन गरेको छ ।
स्वीस सरकार विकास सहयोग एसडिसीको आर्थिक र हेल्भिटास नेपालको प्राविधिक सहयोगमा जिल्लाको विभिन्न स्थानमा गरेको कार्यक्रम समापन गरेको हो ।
परियोजनाले शुक्रबार इलाम बजारमा अन्तर विद्यालय प्रतियोगितात्मक प्रभातफेरी कार्यक्रम सञ्चालन गर्दै समापन गरेको हो ।
प्रभात फेरी प्रतियोगितामा सहभागी ग्रिन भ्याली एकाडेमी प्रथम, हेरिटेज एकाडेमी दोस्रो, आर्दश माध्यमिक विद्यालय तेस्रो र जुबिलियन्ट एकाडेमी सान्तत्वना पुरस्कार हात परेका छन् । विजेता विद्यालयले प्रमाण पत्र सहित शिल्ड दिइएको कार्यक्रम संयोजक इश्वरी तामाङले जानकारी गराए ।
डिसेम्बर १८ अर्थात पुस ३ गते शुरू गरेको दिवसका अवसरमा बैदेशिक रोजगारीका सुरक्षा, जानकारी र सचेतनाको विषयमा अभिमुखिकरण लगायतको कार्यक्र सञ्चालन गरेको छ ।
परियोजनाले इलाम र सूर्योदय नगरपालिकामा बिक्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस्तै देउमाई नगरपालिकामा बैदेसिक रोजगारीमा जाँदा घरपरिवारमा छोड्नु पर्ने कागजातका साथै जनचेतनामुलक व्यानर पोष्टर प्रचारप्रसकारको कार्यक्रम भएको छ ।
वैदेशिक रोजगारीका विषयमा सामुदायिक अभिमुखिकरण गर्नुका साथै इलाम चोक बजारमा दिप प्रज्वलन गरी बैदेशिक रोजगारीका शिलसिलामा ज्यान गुमाएकाको सम्मान स्वरूप मौनधारण कार्यक्रम समेत भएको थियो ।
माङसेबुङ गाउँपालिकामा बैदेसिक रोजगारीलाई सुरक्षित बनाउँन वडा स्तरीय अप्रवासी सञ्जाल गठन गरेको छ ।
कार्यक्रममा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपल्भ भट्टराई, उपाध्यक्ष सुनिता खालिङ लगायतको उपस्थिती रहको थियो ।