जुट्यो इलाम जिल्ला अधिवेशनको तयारीमा नेकपा एमाले


सेवारो खबर  505 पटक हेरिएको

इलामः देशैभर हुँने नेकपा एमाले इलामले जिल्ला अधिवेशन तयारीमा थालेको छ । आउँदो पुश २३ गते हुने अधिवेशन सम्पन्न गर्न विभिन्न समिति बनाएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

अधिवेशन सम्पन्न गर्न अर्थ तथा स्रोत परिचालन समिति, आवास तथा खाद्य समिति, प्रचार समिति, स्वयंसेवक समिति, प्रतिनिधि दर्ता समिति, स्वास्थ्य तथा आकस्मिक सेवा समिति लगायतका आवश्यक समिति निर्माण गरिएको एमालेले जनाएको छ ।

अधिवेशनका लागि आउँदो १४ गते जिल्लाका ८१ वटै वडामा प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय गरिएको छ ।

एमालेको एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप-सचिव सहितको एक सय ५ सदस्य जिल्ला कमिटी रहने छ ।

निर्वाचित समितिमा महिला तर्फ समावेशी ढंगले ३५ जना महिला रहने छन् । निर्वाचित जिल्ला कमिटीले अन्य दलबाट आएका सदस्यहरुलाई माथिल्लो कमिटीको स्वीकृतिमा १० प्रतिशत मनोनित गर्न सक्ने व्यवस्था विधानले गरेको अध्यक्ष बस्नेतले बताए । यसो गर्दा करिब १ सय ३० को संख्यामा जिल्ला कमिटि बन्नेछ ।

अधिवेशनमा राजीनितिक प्रतिवेशन र साँगठनिक प्रतिवेदन तयारी भइरको छ ।

आर्थिक व्यवस्थापनमा लागि प्रति प्रतिनिधि पाँच सय रुपैयाँ उठाउने जनाइएको छ ।

गाउँपालिका कमिटीलाई १५ हजार र नगरपालिका कमिटीलाई २५ हजार रुपैयाँ व्यवस्थापन गर्न लगाइएको बताइएको छ ।
अधिवेशन सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष महेश बस्नेतले इलाममा १३ हजार ३०२ पार्टी सदस्य रहेको र क्षेत्रगत ढंगले प्रतिनिधित्व गराउने गरि एमाले अगाडि बढेको जानकारी गराए ।

अधिवेशनमा ४५ खुल्ला पुरुष बराबर एक प्रतिनिधि, २२ महिला बराबर एक प्रतिनिधि र ११ दलित बराबर एक प्रतिनिधि रहने टुङ्गो लगाएको एमालेले जनाएको छ ।

सल्लाहकार समितिबाट १५ जना, इलाम काठमाडौं सम्पर्क मञ्चबाट तीन, इलाका र भूगोलबाट गरी करिब साढे छ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रतिनिधि हुनबाट छुटेका र प्रतिनिधित्व गराउनै पर्ने पार्टी सदस्यहरु पाँच प्रतिशतलाई वर्तमान जिल्ला कमिटीले मनोनित गर्नेछ ।

मौसम र प्रतिनिधिको स्वास्थ्यका विषयलाई ध्यानमा राखेर साँझ ९ बजेपछि अधिवेशनको बन्द सत्र नगर्ने निणर्य गरेका अध्यक्ष बस्नेतले जानकारी गराए । उनका अनुसार गुट, समुह, हो-हल्ला केही हुँदैन, एमालेको अधिवेशनले केन्द्रको अधिवेशनले जस्तै नयाँ सन्देश दिने अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार