इलामः नेपाल उत्पीडित जातिय समाज इलाम नगर कमिटीको प्रथम अधिबेशन सम्पन्न भएको छ । नगर अधिवेशनले सानु दासको अध्यक्षतामा ४३ सदस्यीय नगर कमिटी बनाएको छ ।
कमिटीको उपाध्यक्ष राजेन्द्र विश्वकर्मा, सचिव बलबहादुर बराइली, सहसचिव मिना रसाइली, कोषाध्यक्ष कौशिला रम्तेल रहेका छन् ।
यस्तै सदस्यमा सोनिशा संकर, रोशन घतानी, बिमला बराइली, बिजु लकान्द्री, गोमा बिश्वकर्मा लगायत रहनु भएका छन् ।
अधिवेसन नेपाल उत्पीडित जातीय मुक्ती समाजका केन्द्रिय सचिवालय सदस्य, प्रदेश न.१ सह- इन्चार्ज, नेकपा एमाले इलाम जिल्ला सचिवालय सदस्य देवेन्द्र बिश्वकर्मा, जिल्ला कमिटी संयोजक बृहस्पती उपरखुट्टी, सचिव मनकुमार बराइली, कोषाध्यक्ष कमल बिश्वकर्मा उपस्थितीमा भएको थियो ।
यस्तै अध्यक्ष संकरप्रसाद गदालको अध्यक्षतामा ५१ सदस्यीय सूर्योदय नगर कमिटी बनेको छ ।,
कमिटीको उपाध्यक्ष कमला गजमेर, सचिव सुवास लोहार, सह- सचिव शिव दर्जी कोषाध्यक्ष गङ्गा परियार रहेका छन् ।
सदस्यहरुमा प्रविन बिसि, भीम रसाइली, लक्ष्मी विश्वकर्मा लगायत रहेका छन् । हर्क बहादुर दुलालको अध्यक्षतामा भएको थियो ।
देउमाइ नगरपालिकामा राजु दुधराज अध्यक्षमा २७ सदस्यीय नगर कमिटी बनाइएको छ ।