‘राजनीतिक दलले सामाजिक रूपान्तरणको काम पनि गर्नुपर्छ’- कांग्रेस महामन्त्री शर्मा


सेवारो खबर  291 पटक हेरिएको

इलाम: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलले सामाजिक रूपान्तरणको काम पनि गर्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिक दलले राजनीतिको मात्रै कुरा नगरेर सामाजिक रुपान्तरणको काममा पनि लाग्नु पर्नेमा जोड दिए ।

महामन्त्री शर्माले कांग्रेस नेतृत्वमा युवाहरूको आगमनले रुपान्तरणको शुरूवात भएको बताउँदै, १४ औं महाधिवेशन पछिको रूपान्तरित कांग्रेसमा कुनैपनि कार्यकर्ता भूमिका बिहीन भएर बस्नु पर्ने अवस्था नआउँनेमा जोड दिए ।

‘महाधिवेशनमा पराजित नेता असक्षम नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा छुटेको मात्रै हो । महामन्त्री शर्माले शर्माले भने-आन्तरिक लडाईमा हार र जित हुँदैन । अब कांग्रेस रूपान्तरित भएर आधुनिक कांग्रेस बन्नेछ । बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने काममा लागेछौं ।’

महामन्त्री शर्माले भने-‘निष्ठाका जिम्मेवारी विनम्रता, संयमताका साथ काम गर्दै जानेछौँ । रूपान्तरित कांग्रेस भएर देश समक्ष बनाउँनेछौँ । केन्द्रदेखि टोलसम्मका कार्यकर्तालाई विभागको जिम्मेवारी दिएर सक्रिय बनाउँनेछौं ।’

नयाँ जिल्ला नेतृत्व आएसँगै जिल्लाका सबै स्थानीय तहमा टोल समिति गठन अभियान चलिरहेको समयमा इलाम आइपुगेका शर्माले अधिवेशनको प्रतिस्प्रर्धाको बिर्सेर टोलदेखि नै समन्वय र सहकार्यका साथ अघि बढ्न सुझाउँदै, सबैलाई जिम्मेवारी दिने कामको थालनी इलामबाट गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा कांग्रेस सभापति डम्बर खड्काले अबको दिन कांग्रेसलाई जिल्लामा पहिलो पार्टी बनाउन सबैको साथ रहेको बताउदै सबैले यो गुट त्यो गुट नभनी एक ढिक्का भएर लाग्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार