इलामः भोली शुक्रबारदेखिे हुँने नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तिम तयारी पुरा भएको छ । शनिवार सकिने अधिवेशनकाको सम्पूणर् तयारी पूरा भएको अधिवेशस आयोजक कमिटीले जनाएको छ ।
अधिवेसन स्थल गौतम बुद्ध सभा गृह (सिटीहल)लाई सजाउँने काम सकिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधि भेला हुन थालेका छन् । अतिथि, प्रतिनिधिहरू सदरमुकाम आउन थालेको पार्टीका जिल्ला उपसचिव तथा संगठन विभाग प्रमुख उमेश गुरुङले जानकारी गराए ।
अधिवेशनलाई सभ्य र भव्य बनाउन बिहिबार दिउँसो मोटरसाइकल र्यालीपछि साँझमा इलाम चोक बजारमा दिपावली गरिएको छ ।
अधिवेसनको उद्घाटन एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।
अधिवेशनका अवसरमा पार्टी स्थापना र सञ्चालनमा योगदान दिने ४० जनालाई अधिवेशनसम्मान गरिने छ । अधिवेशनमा जिल्लाभरका ८ सय ६ प्रतिनिधि सहमागी हुने प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
प्रचार विभाग प्रमुख अधिकारीका अनुसार अधिवेशनमा आउने प्रतिनिधिका लागि इलाम बजारका ५९ होटल बुक गरिएका छन् । ३५ स्वयंसेवकलाई सामान्य प्रशिक्षण दिएर खटाइएको छ ।
अधिवेशनको बन्द सत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुँने जनाइएको छ ।
अध्यक्षमा तीन जनाको दावी
नयाँ कार्य समिति निर्वाचित गर्ने अधिवेसनको अध्यक्ष पदमा तीन जनाले दावी गर्दै आएका छन् ।
अध्यक्षमा दाबी गर्नेमा अहिलेका पार्टी अध्यक्ष महेश बस्नेत, सचिवालय सदस्य डा. देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराईको दावी छ ।
नवौ अधिवेशनमा सचिवमा जितेका र हाल अध्यक्षमा मनोनित भएका बस्नेत दशौ अधिवेशनबाट निर्वाचित अध्यक्ष बन्न चाहन्छन् । प्रदेश र केन्द्रको आकांक्षा समेत त्यागेर बस्ने अहिले जिल्ला अध्यक्षको दौडमा देखिएका छन् ।
अध्यक्षको उम्मेद्वारीको विषय सार्वजनिक नगरेका बस्नेतल स्वभाविक रूपमा अध्यक्षको उम्मेदवार रहेको उनका निकटहरू बताउँछन् । यस्तै, डा. दुलाल र भट्टराई पनि बस्नेतपछिका अध्यक्षका दाबेदार हुन् । पूर्वपत्रकार एवम् वर्तमान सचिवालय सदस्य दुलाल अध्यक्षको उम्मेदवार आफू रहेको बताउँदै आएका छन् ।
विशेषगरी एक व्यक्ति, एक पदको एजेण्डा लिएर दुलाल अध्यक्षको आफू उम्मेदवार रहेको बताउँछन् । यस्तै, अध्यक्षका अर्का प्रत्यासी भट्टराई समेत आफू अध्यक्षकै दावेदार भएको बताउँदै आएका छन् ।
एमालेको आचार संहिता अनुसार ७० बर्षे उमेर हदले पनि भट्टराई यस पटक अध्यक्षमा दावी गरेका हुन् । आगामी ११ औं अधिवेशनमा भट्टराई ७० कटिसक्ने भएकाले यस पटक अध्यक्षमा आकांक्षा राखेका एमाले निकटहरू बताउँछन् ।
भट्टराईले यसभन्दा अघि आठौ महाधिवेशनका अध्यक्षकै उम्मेदवार हुन् । त्यसबेला मणि लिम्बूसँग केही मतले हार ब्यहोरेका भट्टराई नवौ महाधिवेशनमा जिल्ला कमिटी सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । नवौ महाधिवेशनमा केपी ओली प्यानलबाटै जिल्ला सदस्यमा जीत हासिल गरेका भट्टराई दशौ अधिवेशनमा समेत अध्यक्षकै दावेदार रहेका छन् ।
उपाध्यक्षमा पाँचजनाको दावी
उपाध्यक्ष पदमा पाँच जनाको दावी रहेपनि आकांक्षी बढ्ने सम्भावना छ । हालसम्म उदय राई, शोभा पराजुली, काजीमान कागजे, रत्नबहादुर अधिकारी र ओमनारायण खनाल उपाध्यक्षका आकांक्षी भएको बताइएको छ ।
हालका सचिवालय सदस्य एवम् सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई आफू उपाध्यक्षको पक्का उम्मेदवार रहेको दावी गर्छन् ।
उपाध्यक्षकै अर्को दावेदार हुन्, शोभा पराजुली । जिल्लाका नेकपा एमालेका उत्कृष्ठ महिला नेतामा पर्ने पराजुली स्वभाभिवक रूपमा आफू उपाध्यक्षको दावेदार रहेको बताउँछिन् ।
यस्तै, उपाध्यक्षका अर्का दावेदार हुन्, काजीमान कागते । सूर्योदय नगरपालिकावासी एवम् प्रदेश नं. १ सांसद समेत रहेका काजीमान कागते यस पटक उपाध्यक्ष बन्न चाहन्छन् ।
पुराना एमाले नेता एवम् तत्कालीन भूमि आयोग जिल्ला अध्यक्ष ओमनारायण खनाल र सूर्योदयकै रत्नबहादुर अधिकारी समेत उपाध्यक्षका आकांक्षी भएको बताइएको छ ।
सचिवमा पाँच जना दावेदार
कार्यकारी पद सचिवमा पनि दावी गर्नेको संख्या पनि उस्तै छ । वर्तमान उपसचिव एवं संगठन विभाग प्रमुख उमेश गुरुङ र वर्तमान प्रचार विभाग प्रमुख प्रकाश अधिकारी सचिवका उम्मेदवारमध्ये सबैभन्दा माथि छन् ।
नवौ अधिवेशनबाटै उपसचिवमा जितेका गुरुङ आफू स्वभाविकरूपमा सचिवको दावेदार रहेको बताउँछन् । सचिवका अर्का दावेदार हुन्, प्रकाश अधिकारी । नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख अधिकारी आफू सचिवकै दावेदार रहेको प्रष्ट्याउँछन् । अर्का सचिवकै दावेदार हुन् गोपाल नेपाल, बुद्धि खनाल र रवीन्द्र सुवेदी । यस्तै, पूर्व शिक्षक संगठन अध्यक्ष गोपाल नेपालले समेत यस पटक सचिवकै दावेदार हुन् । पछिल्लो समय पार्टी राजनीतिमा क्रियाशील नेपाल संगठन सुदृढकै लागि सचिव बन्न चाहेका बताइन्छ ।
सचिवालय सदस्य वुद्धि खनाल समेत सचिवकै दावेदार हँुन । लामो समय नेकपा एमाले उपनेता एवम् उपाध्यक्ष सुवास नेम्वाङको स्वकीय सचिव भएर काम गरेका खनाल जिल्लामा क्रियाशिलताका लागि सचिव पद रोज्छन् । वर्तमान कार्यालय सचिव रबिन्द्र सुवेदी पनि सचिवको आकांक्षी बताइएको छ ।
उपसचिवमा दावेदारको भीड
उपसचिव दावी गर्नेको संख्या पनि पाँच जना भन्दा बढी छ । उपसचिव दावी गर्नेमा सावित्रा शिवा, रमेश राई, विष्णुमाया आचार्य, नोमनाथ खतिवडा, सुनीता सुब्बा, सन्तराम योङहाङ, छवि श्रेष्ठ रहेको बताइएको छ ।