नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ काे अध्यक्षमा सन्तवीर लामा


सेवारो खबर  365 पटक हेरिएको

मोरङ:  सन्तबीर लामालाई अध्यक्ष चयन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको अधिवेसन सम्पन्न भएको छ ।

मोरङको पथरीमा विहीबार विहान सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्ष छानिएका हुन् । लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा प्रेम देवान छानिएका छन् ।

कार्य समिति सदस्यहरुमा बसन्त पालुङ्वा, मोहन तामाङ, संदिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मीला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल छन् । त्यस्तै खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारी छानिएका छन् ।

लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यहश्रमा दिपक राई र नेत्रकुमार सुनुवार छनोट भएका छन् । अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई निर्वाचित भएका छन् ।

मंगलबार सुरु भएको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महाधिवेशनले ११ बुँदे समसामयिक ‘पथरी घोषणापत्र’ पारित गरेको छ ।

प्रदेश १ को नाम पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान-किरात’ वा ‘किरात-लिम्बुवान’ राख्न माग गरेको छ ।

११ बुँदे पथरी शनिश्चरे घोषणपत्रमा के छ ?

१. प्रदेश १ को नामाकरण पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान-किरात’ वा ‘किरात-लिम्बुवान’ यथाशीघ्र नामंकन गर्न जोडदार माग गर्दछ ।

२. प्रदेश १ मा रहेका सबै खाले सञ्चार प्रतिष्ठानलाई आदिवासी जनजातिमैत्री बनाउन सम्बन्धित सबै पक्षसँग माग गर्दछौं । साथै, आदिवासी जनजाति पत्रकारहरुलाई सञ्चार प्रतिष्ठानमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दछ ।

३. प्रदेशस्तरीय आदिवासी जनजाति आयोग/प्रतिष्ठानको गठन गरियोस् ।

४. आदिवासी जनजातिका राष्ट्रिय भाषाहरुमा प्रकाशन हुने पत्रपत्रिकाहरुलाई विशेष सुविधाको व्यवस्था गरियोस् ।

५. आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि, वृत्तिविकास र पेशागत सुरक्षाको प्रत्याभूति हुने गरी कार्यक्रम लागु गरियोस् ।

६. आदिवासी जनजातिहरुले संचालन गरेका रेडियो, पत्रपत्रिका, अनलाईन लगायतका सञ्चार माध्यमलाई विशेष सुविधासहित संरक्षण गर्ने नीति निर्माण गरी कार्यान्वयन गरियोस् ।

७. कोभिड १९ को नयाँ भेरियन्टबाट स्वास्थ्य सेवा लगायतका विभिन्न सुविधा निःशुल्क प्रदान गरियोस् । साथै, सञ्चार संस्थाहरुलाई विशेष सेवा सुविधा प्रदान गरियोस् ।

८. श्रमजीवि पत्रकार ऐनको प्रभावकारी ढंगले व्यवहारिक कार्यान्वयन गरियोस् ।

९. महिला, अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायलाई पत्रकारिताको मूल प्रवाहमा ल्याउन विशेष कार्यक्रमको व्यवस्था गरियोस् ।

१०. पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा आदिमकालदेखि बसोवास गरिरहेका धिमाल जातिहरुको ऐतिहासिक थातथलो (ग्रामथान) हरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थानिय सरकारसँग जोडदार माग गर्दछ ।

११. यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार