प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार २०७८बाट मनोज अधिकारी पुरस्कृत


सेवारो खबर  235 पटक हेरिएको

इलामः प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार २०७८, मनोज अधिकारीलाई दिइएको छ ।

प्रेस चौतारी इलामको नवौं अधिवेसनका अवसरमा बिहिबार आज बुद्वाणी एफएम र इलाम खबर अनलाइनका अधिकारीलाई दिइएको हो ।

अधिवेसनका अवसरमा प्रमाण पत्र सहित नगद १० हजार प्रदान गरिएको प्रेस चौतारी नेपालले जानकारी गराएको छ ।

यस अघि यहि पुरस्कार गणेश अर्याललाई प्रदान गरिएको थियो ।

पाँच हजारबाट पुरस्कार बितरण शुरू गरिएको अहिले १० हजारमा पुर्‍याइएको प्रेस चौतारीका सचिव किरण पौडेलले जानकारी गराए ।
पुरस्कार प्रेस चौतारीमा आबद्व भएर योगदान गरे बापत दिइने बताइएको छ ।

अधिवेसनको आजै हुँने बन्द सत्रले नयाँ जिल्ला कार्य समिति चयन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार