पाँचथरः मानव अधिकार मञ्च नेपाल इलाम बाल हेल्पलाईन १०९८, दशनौआठले पाँचथर फालेलुङमा आगलागीमा परी समस्या परेकालाई आतकालिन राहत सहयोग गरेको छ ।
मञ्चले राष्ट्रिय बाल परिषद र किन्नरमिसनरेक जर्मनीको सहयोगमा राहत वितरण गरेको हो ।
आगलागीले बिस्थापित भएका परिवारलाई आपतकालिन आवश्यक खाद्यान्न, लत्ताकपडा, शैक्षिकसँगै स्वास्थ सामग्री गरी एक लाख ४२ हजार एकसय पचास रुपैयाँ बराबरको राहत सहयोग गरिएको कार्यक्रम संयोजक भक्तबहादुर थामीले जानकारी गराए ।
सहयोग वितरण कार्यक्रममा वडाध्यक्ष सुजता राईले भने आफुहरूको ठाउँमा यस्तो समस्या परेको बेलामा भएको सहयोगले धेरै नै खुशी हुँदै समस्यामा परेकालाई धेरै राहत मिलेको बताइन् ।
बाल हेल्पलाईन प्रमुख भक्तबहादुर थामीले आफुहरुले प्राकृतिक प्रकोप, आपत बिपतमा परेकालाई सहयोग गरिरहदा सबैको सक्रिय सहभागीता, सकारात्मक विचार रहेकोले खुशी लागेको बताए ।
वडाध्यक्ष राईको प्रमुख आथित्यता र वडाका सदस्य, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार महासंघ इलामका सुनिता खालिङ्ग राई, पत्रकार भिम बास्कोटा, समस्यामा परेका बालबालिका, उनिहरुको परिवार स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
फालेलुङ्ग गाउँपालिका वडा नम्बर ६ स्थित पुस २१ गते राती करिब ९ बजे तिर जित बहादुर मेयोङ्ग्बोको घरमा विधुत सर्ट भई आगलागी हुँद ८ घर जलेर नष्ट भएको थियो । आगलागीबाट नगद सहित करिब २ करोड बराबरको धनमाल नष्ट भएको बताइएको छ ।