सम्बन्धन पाएसँगै इलाम सामुदायिक कृषि क्याम्पसले फागुनदेखि पढाई शुरु गर्दै


सेवारो खबर  227 पटक हेरिएको

इलामः इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक कृषि क्याम्पसमा फागुनदेखि पढाई शुरू हुँने भएको छ । क्याम्पसले सम्बन्धन पाएसँगै कृषि विषयमा स्नातक तहको पढाइ शुरु हुने पढाई हुने भएको हो ।

कृषि विषयमा स्नातक तहको पढाउँन पूर्वाञ्चल विश्वविद्यालयबाट सोमबार अनुमति पाएको नगरपालिकाले जनाएको छ ।
अनलाइन मार्फत सामुदायिक कृषि क्याम्पसले विद्यार्थीको भर्ना प्रक्रिया समेत शुरु गरेको क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

पढन चाहनेले पूर्वाञ्चल विश्वविद्यालय र कृषि क्याम्पसको वेभसाइटबाट आवेदन भर्न सकिने छ । आवेदन माघ १२ सम्म पेश गर्न पाइने छ । इन्ट्रान्स उतिणर् विद्यार्थीले क्याम्पसमा भर्ना पाउने छन् । इन्ट्रान्स परीक्षा पनि इलाममानै हुने जनाइएको छ ।

इलाम सामुदायिक कृषि क्याम्पसको बिएस्सी एजी अध्ययनको लागि विज्ञान विषय लिई प्लसटु उत्तिणर् गरेको हुनुुपर्नेछ । तर, उनीहरूले प्लसटुमा जीव विज्ञान र गणित विषय अध्ययन गरेको हुनुपर्नेछ । त्यस्तै आइएस्सी एजी गरेका र प्लसटुमा कृषि विज्ञान गरेका र सिटिइभिटिईमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएस्सी एजी पढ्न पाउनेछन् ।

चार वर्षमा पुरा हुने आठ समेस्टरको कोर्ष पुरा एक जना विद्यार्थीले चार लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पहिलो र दोस्रो समेस्टरमा ७०-७० हजार रुपैयाँ बुझाउनुपर्नेछ । बाँकी रकम छ समेस्टरमा भुक्तानी गर्नुपर्नेछ । तेस्रो सेमेस्टरदेखि ४३ हजार रुपैयाँ हाराहारी शुल्क बुझाउनुपर्नेछ ।

क्याम्पसले कक्षा सञ्चालनको आवश्यक पूवार्धधारसँगै दुईवटा ल्याब, स्मार्ट, कक्षाकोठा अभ्यास गर्न फिल्ड तयार भएको क्याम्पस प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।

इलाम सामुदायिक कृषि क्याम्पस नेपालमानै स्थानीय तहले स्थापना गरेको पहिलो सामुदायिक कृषि क्याम्पस हो । यो पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने समेत पहिलो कृषि क्याम्पस भएको क्याम्पस प्रमुख श्रेष्ठले बताए ।

इलाम नगरपालिका-९ मा स्थापना गरिएको कृषि क्याम्पस अन्य क्याम्पसहरुको तुलनामा सस्तो, अनुकुल वातावरणमा भएकाले दिगो रूपमा सञ्चालन हुने क्याम्पस सञ्चालक समितिका सदस्य सचिव ठाकुर नारायण श्रेष्ठ बताउँछन् ।

‘अरुतिर साढे छ लाख देखि १५ लाख सम्म लाग्दो रहेछ, त्यसको तुलनामा इलाम सामुदायिक कृषि क्याम्पस सस्तो छ’, श्रेष्ठले भने,‘इलाम कृषिको जिल्ला हो, अध्ययनको लागि समेत इलामको वातावरण अनुकुल छ त्यसैले क्यम्पस दिगो रुपमा चल्छ भन्नेमा हामी ढुक्क छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार