करूणा फाउण्डेसनले दियो माई अस्पताललाई थर्मो कोआगुलेटर मेसिन


सेवारो खबर  294 पटक हेरिएको

माईः करूणा फाउण्डेसन नेपालले माई नगरपालिकाको अस्पताललाई पाठेघरको मुखमा हुने क्यान्सरको उपचार गर्न प्रयोग गरिने थर्मो कोआगुलेटर मेसिन दिएको छ ।

फाउण्डेसन नेपालका जिल्ला संयोजक अजित योञ्जनले माईका नगर प्रमुख दिपककुमार थेबेलाई दुई लाख ५० हजार मुल्य रहेको थर्मो कोआगुलेटर मेसिन हस्तान्तरण गरेका हुन् । कोआगुलेटरको प्रयोग पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको उपचारमा प्रयोग गरिन्छ ।
भिआईए परिक्षण पश्चात जोखिम अबस्था देखिए थर्मो कोआगुलेटरबाट तापक्रम दिई क्यान्सरका जोखिम नष्ट गरिने माईका मेडिकल अधिकृत डाक्टर रामकृष्ण आचार्यले जानकारी गराए ।

भिआईए परिक्षणबाट पोजेटिभ देखिएकालाई थर्मो कोआगुलेटरबाट उपचार गर्न मिल्ने बताईएको छ ।
करुणा फाउण्डेसनकै सहकार्यमा माई अस्पताल लगायत जिल्लाका स्वास्थ्य केन्द्रमा पाठेघरको मुखमा हुन सक्ने क्यान्सर परिक्षण निःशुल्क गर्दै आईएको छ ।

भिआईए परिक्षण गर्ने स्पेकुलम औजार समेत करुणाले निःशुल्क प्रदान गरि परिक्षण गरिदै रहेको माई अस्पताललाई करुणाले दिएको मेसिनबाट थप उपचारमा सहजता भएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार