इलामः नेपाल एयरलाइन्सले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार आज सफल परीक्षण उडान गरेको छ ।
विमानस्थलमा काठमाडौंबाट ५५ मिनेटमा अवतरण गरेको एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनले बताए ।
जहाज बिहान १० बजे विमानस्थलमा अवतरण भएको थियो । इलाम नगरपालिका-९ मा नवनिर्मित विमानस्थलमा व्यावसायिक उडान सुरू हुनुअघि परीक्षण उडान गरीएको हो ।
यसअघि २०७५ जेठ २१ गते तारा एयरले परीक्षण उडान गरिएको थियो । तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा अवतरण भएको थियो ।
विमानस्थल आउँदो फागुन १ गते उद्घघाटन गर्ने कार्यक्रम तय भएको छ ।
फागुन ८ देखि इलाम-काठमाडौं नियमित उडान भर्ने बताइएको छ । प्रत्येक आइतबार इलाम-काठमाडौं उडान-अवतरण हुनेछ ।
इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिक लगायत सबैजसो दायित्व बहन गरी विमानस्थल सञ्चालन गर्न लागेको हो ।