सेवारो खबरकी सह सम्पादक सोङ्मी बनिन किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्ष


सेवारो खबर  284 पटक हेरिएको

इलाम: किरात याक्थुङ चुम्लुङ इलामको आठौं अधिवेसनले सेवारो खबरकी सह सम्पादक बुद्धमाया सोङमीलाई अध्यक्षमा नर्वाचित गर्दै सम्पन्न भएको छ ।

इलाम बजारमा भएको अधिवेशनले सोङमीको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जिल्ला शाखा उपाध्यक्षमा पदम ताम्लिङ, सचिवमा राम योङहाङ, सहसचिवमा याम माबोहाङ र कोषाध्यक्षमा जुनु लिम्बू निर्वाचित भएका छन् ।

सदस्यहरूमा अतित योङहाङ, निर्मला चेम्जोङ, संगीता थलङ, राजकुमार लिङदेन, अप्सरा नेम्बाङ, पंचबहादुर योङहाङ, शिव थेगिम, रुपेन नेम्बाङ, मानबहादुर लिम्बू, दिपेन्द्र सुब्बा र अमृता येक्तेन निर्वचित भएका छन् ।

त्यस्तै राष्ट्रिय चुम्लुङ सदस्यमा सरस्वती तुम्बाहाम्फे, अमृतबहादुर केरुङ र प्रेम जवेगू छानिएका छन् ।

अधिवेशनको बन्द सत्रमा निवर्तमान कोषाध्यक्ष बुद्धमाया सोङमीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र राम योङहाङले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन संसोधनसहित पारित गरेको थियो ।

अधिवेशनमा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिका शाखाबाट ५० बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
निवर्तमान अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, केन्द्रीय सदस्य अभिषेक येक्तेन (चक्र) र विष्णु तुम्बापो, लिम्बुवान प्रदेश सदस्य तीर्थ साउदेन, सल्लाकार बखतबहादुर आङदेम्बेले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।

अध्यक्षमा सोङमी निर्वाचित भएसँगै चुम्लुङ इलामले लगातार दोश्रो पटकका लागि महिला नेतृत्व पाएको छ । यसअघिको कार्यकाल समेत गायत्री थेगिमले नेतृत्व गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार