इलामः पूर्वप्रधानमन्त्री खनालले नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री अड्गप्रसाद ओलीले दुई तिहाई मतलाई तिलाञ्जली दिएको बताए ।
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग आइतबार उद्घघाटन कार्यक्रममा बोल्दै खनालले जनताले विश्वास गरेर हामीलाई झण्डै दुई तिहाई मत दिएको बताउँदै उनले भने ‘जनमतलाई केपी ओलीले बचाउन सकेनन् । उनले पार्टीलाई सही बाटोमा हिडाउन सकेनन् । त्यसैले हामी अर्को बाटो रोज्न बाध्य भएका छौं ।’
पूर्वप्रधानमन्त्री खनालले इलामेली नागरिकको जहाज चड्ने सपना अब पूरा भएको बताउँदै जहाजबाटै हिमश्रङ्खला र तराईका फाँटिला भूभागको दृश्यावालेकन गर्दै छोटो समयमा राजाधानी पुग्न सकिने भन्दै पूर्वप्रधानमन्त्री खनालले खुसी व्यक्त गरे ।
खनालले गृहजिल्ला इलाम पर्यटनको अथाह सम्भावना बोकेको जिल्लाका रूपमा रहेकाले विमास्थल सुचारू भएपछि त्यसको प्रत्यक्ष फाइदा जिल्लावासीले लिन पाउँनेमा ढुक्क रहन आग्रह समेत गरे ।
नेता खनालले बिमानस्थल निर्माण सम्पन्न भएपनि अघिल्लो सरकारले चासो नदेखाउँदा सञ्चालनमा ढिलाई भएको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको निर्माण हुन बाँकी रहेको काम समेत चाँडैं सम्पन्न गर्ने आश्वासन दिदैं विमानस्थल आसपासका भौतिक पूर्वाधारको काम आफ्नै कार्याकालमा सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
मन्त्री आलेले आफू जति समय कुर्सीमा रहेपनि निरन्तर जनताको शीर ठाडो हुने काममा मात्र खटिने बताउँदै, आफू र आफ्नो मन्त्रत्रालय राज्यको सम्पत्ति फिर्ता गर्ने काममा लागिरहेको जानकारी गराए ।
संघीय सांसद सुजता परियार, प्रदेश १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू, सूर्योदयन गरपालिकाका प्रमुख रणबहादुर राईले समेत बिमान सञ्चालनले इलामको पर्यटन विकासमा विशेष योगदान गर्ने धारण राखेका राखेका थिए ।
कार्यक्रममा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री आलेले प्रदेश पर्यटन तथा संस्कृति मन्त्री लङ्वालाई नेपाल वायुसेवा निगमको नयाँ प्रविधिको विमानको नमुना समेत हस्तान्तरण गरेका थिए ।
दुई दशकपछि इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग उद्घाटन
निर्माण प्रकृयाको दुई दशकपछि इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग आइतबार उद्घाटन भएको छ ।
धावनमार्गको पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले संयुक्त रूपमा उद्घघाटन गरे ।
नेपाल वायुसेवा निगमको जहाज चडेर पूर्वप्रधानमन्त्री खनाल र मन्त्री आलेसहित नागरिक उड्यान प्राधिकारको टोली आइतबार विहान इलामको फाल्गुनन्द सुकिलुम्बा विमास्थल अवतरण गरेका थिए ।
पटक पटक गरी करिब ३० करोडको लगानीमा निर्मित विमानस्थलमा भएको २६ माघमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको थियो । त्यसअघि कच्ची धावनमार्गमा २०७५ जेठमा तारा एयरको बिमानले पहिलो पटक परीक्षण उडान गरेको थियो ।
७ सय मिटर लम्बाई र ६० मिटर चौडाई रहेको विमानस्थल समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको छ । विमानस्थलको शिलान्यास २०६८ सालमा तत्कालिन प्रधानमन्त्री खनालले नै गरेका थिए ।
२०५८ बाट नै विमानस्थल निर्माणको प्रक्रिया सुरु भएपनि निर्माणकार्य सुरु गर्न एक दशक पर्खनु परेको थियो ।
निर्माण सुरु भएको एक दशकपछि मात्र विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको थियो । विमानस्थलमा अझै टर्मिनल भवन, विमानस्थलसम्म पुग्ने पक्की सडक, तारघेरा र सुरक्षाका लागि बस्ने सुरक्षा गार्ड भवन निर्माण हुन बाँकी रहेको फाल्गुनन्द सुकिलुम्बा आयोजनाका प्रमुख विनायक भट्टराईले जानकारी दिए ।
लामो समयको प्रतिक्षापछि गृहजिल्ला इलामबाटै हवाईजहाज चढेर १ घटामै संघीय राजधानी पुग्न सकिने भएपछि जिल्लाबासी खुसी भएका छन् ।
उद्वघाटन कार्यक्रममा इलाम नगरपालिकाभित्र विमानस्थल भएपनि त्यो क्षेत्रका नेकपा एमालेबाट निर्वाचित कोही पनि जनप्रतिनिधि कार्यक्रममा उपस्थित भएनन् ।
नेकपा एमाले इलाम अध्यक्ष समेत रहेका इलाम नगरप्रमुख महेश बस्नेतलाई वक्ताको रूपमा राखिएको थियो, तर उनी कार्यक्रममा आएनन् ।
नगरप्रमुख बस्नेत मात्र होइन, एमालेबाट निर्वाचित इलाम नगरपालिकाका अन्य जनप्रतिनिध समेत उपस्थित थिएनन् ।
नगरप्रमुखले बस्नेतले भने कार्यव्यस्थताका कारण उपस्थित हुन नसक्ने आयोजकलाई जानकारी गराएको बताइएको छ ।