अनेरास्ववियूले गर्‍यो मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोध


सेवारो खबर  310 पटक हेरिएको

इलाम: नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा प्रदर्शन गरेको छ ।

एमसीसी नेपालको हितमा नभएको भन्दै आइतबार इलाम बजारमा प्रदर्शन गरेको हो ।

इलाम बजारका ठूलो टुँडिखेलबाट निस्किएको र्‍याली चोकबजार परिक्रमा गरी जिल्ला समन्वय समिति इलामको हलसम्म पुगेको थियो ।
‘एमसीसी मुर्दावाद’, ‘५५ अर्वमा देश बेच्न पाइदैन’ लगायतका नारा सहतिको प्ले कार्ड बोकेर प्रदर्शन गरेको थियो ।

देशव्यापी कार्यक्रमअन्तर्गत अखिलले प्ले कार्डसहित प्रदर्शन गरेको जिल्ला कमिटी अध्यक्ष डिकेन्द्र दाहालले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार