इलाममा २७ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै मनाइयो


सेवारो खबर  233 पटक हेरिएको

इलामः माओवादी केन्द्रले आज फागुन १ गते आइतबार २७ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साँझ इलाम बजारमा योङ कम्युनिष्ट लिग (वाइसिएल) को आयोजनामा दिप प्रज्वलन गरिएको छ ।

दिप प्रज्वलन कार्यक्रममा पार्टीका इलाम नगरपालिका अध्यक्ष प्रवास शर्मा र जिल्ला संयोजक सिन्धु राइले सम्बोधन गरेका थिए ।

दिउँसो इलाम नगरपालिका ११ मा भएको कार्यक्रममा सहीद टंकबहादुर राई, मोहन ब्लोन र चन्द्रबहादुर तामाङको परिवारलाई सम्मान गरिएको पार्टीले जनाएको छ ।

माङ्सेबुङ, फाकफोकथुम र देउमाई नगरपालिकामा समेत दिप प्रज्वलन गरी दिवस मनाइएको छ । चुलाचुली गाउँपालिकामा भने दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार