फाकफोकथुम गाउँपालिका उपाध्यक्ष राईको फेसबुक स्टाटस प्रति पत्रकार महासंघ लगायत प्रेस संगठनको ध्यानकर्षण


सेवारो खबर  356 पटक हेरिएको


इलामः फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरू) सामाजिक सञ्जालमा स्टाटस लेखि पत्रकार तथा सिंगो प्रेस जगतलाई बदनाम गरेकोमा नेपाल पत्रकार महासंघसँगै प्रेस संगठनले अपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघले आज(शनिबार) प्रेस बिजप्ती निकाले उपाध्यक्ष राईले सामाजिक सञ्जालमा स्टाटस लेखि पत्रकार तथा सिंगो प्रेस जगतलाई बदनाम गरेको ठहर गर्दै ध्यानाकर्ष भएको जनाएको छ ।

इलामका पत्रकारलाई फेसबुक म्यासेन्जर मार्फत तुच्छ शब्द प्रयोग गर्दै धम्कीपूणर् अभिव्यक्ति दिएको प्रति महासंघ इलामको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तीमा भनिएको छ ।

महासंघ शाखा अध्यक्ष बिप्लव भट्टराई र सचिव भीम चापाँगाईद्धारा हस्ताक्षर भएको विज्ञप्तीमा सञ्चार माध्यममा आएका समाचारको विषयमा चित्त नबुझो त्यसमाथि सुनुवाई गर्ने कानुनी बाटो हुँदाहुँदै स्थानीय तहको जनप्रतिनीधि जस्तो व्यक्तिले पत्रकारलाई सार्वजनिक रूपमा आरोप लगाई गाली गलौज गर्ने र पत्रकारलाई धम्की दिने कार्य निन्दनीय छ उल्लेख छ ।

जनप्रतिनीधिकै यस्तो अभिव्यक्ति र धम्कीले पूणर् प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेसमाथि नै आघात पुर्‍याएको महासंघको ठहर छ बिज्ञप्तीमा भनिएको छ ।

जिम्मेवार पूणै ढंगले नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षामा क्रियाशिल सञ्चार जगतमाथि यस्तो हर्कत नगर्न समेत महासंघले ध्यानाकर्ष गराएको छ ।

घटना पछि शनिबार नेपाल प्रेस युनियन इलाम शाखाले बिज्ञप्ती जारी गर्दै समाचारको बिषयलाई लिएर पत्रकारलाई गाली गलौज र धाकधम्की नदिन अपिल गरेको छ ।

युनियन अध्यक्ष सबिता पान्डे र सचीव टिका हस्ताक्षरित बिज्ञप्तीमा समाचारका बिषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जाने ठाउँ हुँदा हुँदै सामाजिक संजालमा गालीगलोज र म्यासेज लेखेरै धम्कीपूणर् गाली गर्नु निन्दनिय भएको जनाईएको छ ।


प्रेस मञ्च नेपालले समेत विज्ञप्ती जारी गर्दै उपाध्यक्ष राईको हर्कत प्रति ध्यानाकर्षण भएको जनाइएको छ । अध्यक्ष ज्ञानु केदेम र सचिव आन्छुमे नसानले हस्ताक्षर गरेको विज्ञप्तीमा समाचारको बिषयलाई लिएर पत्रकारलाई गाली गलौज र धाकधम्की नदिन आग्रह गरेका छन् ।


उपाध्यक्ष राईले गाउँपालिकाले मौसमी कामदार कोरिया पठाउने विषयमा विवाद हुँदा गाउँपालिका १ नम्बर वडाका कृष्णबहादुर खड्कालाई कुटपीट गरेको जाहेरी परेपछि उपाध्यक्ष राई प्रहरीकोमा उपस्थित भएकी थिईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार