आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार भण्डारीलाई


सेवारो खबर  145 पटक हेरिएको


इलामः आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार भगीरथ भण्डारीलाई प्रदान गरिएको छ ।
भण्डारीलाई नगद दश हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ इलाम शाखाले बिहीबार आयोजना गरेको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले भण्डारीलाई पुरस्कार प्रदान गरे ।

साविक मेची अञ्चलका उत्कृष्ट पत्रकारलाई प्रदान गरिने पुरस्कार यो वर्ष भण्डारीलाई प्रदान गरिएको जनाइएको छ ।

भण्डारी राजधानी दैनिक र इलाम स्थित इलाम पोष्ट दैनिकमा आबद्ध क्रियाशिल सञ्चारकर्मी हुँन ।

इलामका पत्रकार आशिष राईको २०५९ साल वैशाख १ गते माइखोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको थियो । उनको स्मृतिमा महासंघले २०६२ सालमा आशिष स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना गरी इलाम, झापा, पाँचथर र ताप्लेजुङका एक उदीयमान पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।


५९ हजार रूपैयाँबाट सुरु भएको अक्षयकोष अघिल्लो कार्य समितिले रकम थपेर एक लाख एक हजार रुपैयाँको बनाएको थियो । सोही कोषबाट हरेक वर्ष दश हजार नगद राशीको पुरस्कार एक जना पत्रकारलाई प्रदान गरिंदै आएको छ ।

१९औं स्मृति दिवस अवसर पारेर महासंघले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, महासंघ १ नम्बर प्रदेश अध्यक्ष लिलाराज घिमिरे, प्रदेश १ का पूर्व उपाध्यक्ष हिमा चेम्जोङ, पूर्व उपाध्यक्ष सोमनाथ सुसेली, डाक्टर देवी क्षेत्री दुलाल, महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतले पत्रकार आषिश राईको पत्रकारिताको जीवन र पुरस्कार कोषको विषयमा धारणा राखेका थिए ।

आषिश स्मृति पत्रकारिता कोषमा महासंघ झापा शाखाको तर्फबाट सात हजार सात सय रुपैयाँ र महासंघ प्रदेश १ उपाध्यक्ष लवदेव ढुङ्गानाले तीन हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । कार्यक्रम महासंघ अध्यक्ष विप्लब भट्टराईको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार