चुलाचुली: चुलाचुली गाउँपालिकामा ३२ पदका लागि एक सय ५५ जनाले उम्मेद्वारी दिएका छन् । नौ जनाले गाउँपालिका अध्यक्ष र छ वडा अध्यक्षमा २५ जनाले मनोनय गरेका छन्।
एक स्वातन्त्र सहित आठ राजनीतिक दलले अध्यक्षको उम्मेद्वारी दर्ता गरेकोमा उपाध्यक्ष पदमा भने कसैको उम्मेद्वारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेका तर्फबाट ओमनारायण खनाल, नेपाली कांगे्रसका राजेन्द्र केरूङ, नेकपा एकिकृत समाजवादीका नारायण लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीका खगेन्द्र रिमाल, जनता समाजवादी नेपाल पार्टीका गजेन्द्रबहादुर याक्खा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिक्रम लिङदम, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल शरणहाङ जबेगु, मंगोल नेशनल अर्गनाइजेसनका दलबहादुर श्रेष्ठ र गणेशबहादुर पौडेलले स्वतन्त्रका तर्फबाट अध्यक्ष पदमा मनोनयन गरेका छन् ।
छ वडा भएको चुलाचुली गाउँपालिकाको छ वडा अध्यक्षमा २५ जनाको उम्मेद्वारी परेको छ । वडा नम्बर एकमा ७ जना, दुई नम्बर वडामा एक स्वतन्त्र उम्मेद्वार सहित ७ जना उम्मेद्वारी परेको छ ।
वडा नम्बर तीन र चारमा छ-छ जना, ५ नम्बर वडामा एक स्वतन्त्र सहित छ जना र वडा नम्बर ६ मा चार जनाले उम्मेद्वारी दिएका छन् ।
वडा अध्यक्षमा नेकपा एमाले, गठबन्धन दलका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ती पार्टी लगायतले उम्मेद्वारी दिएका छन् ।
गाउँपालिकाको एक नम्बर वडामा नेकपा एमालेबाट बलिभद्र कोइराला, नेपाली काँग्रेसका मोतीबहादुर फागो, नेकपा एकिकृत समाजवादीका निशान राई, नेकपा माओबादी केन्द्रबाट पृथ्वीराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मानबहादुर पौडेल, राष्ट्रिय जनमुक्ती पार्टीका तिलकसिं फागो, संघिय लोकतान्त्रीक मन्चका पूणर् लावतीले मनोनयन गरेका छन् ।
२ नम्बर वडामा नेकपा एमालेका सुरेश अधिकारी, नेपाली काँग्रेसका लक्ष्मण श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका धनबहादुर राई, जनाता समाजवादी पार्टीका मोहन देवान, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका बिपिन योङ्या, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका जीतबहादुर वजी लिम्बु, स्वतन्त्रबाट भीम श्रेष्ठको उम्मेद्वारी परेको छ ।
३ नम्बर वडामा नेकपा एमालेका देउमान गिरी, नेपाली काँग्रेसबाट प्रेम श्रेष्ठ, नेकपा माओबादी केन्द्रका गंगाबहादुर फियाक, नेकपा एकिकृत समाजवादीका राजकुमार राई, जनाता समाजवादी पार्टीबाट मिलन राई, राष्ट्रिय जनमुक्ती पार्टीका राजेन्द्र प्रकाश सिगु लिम्बुले मनोनयन गरेका छन् ।
त्यसरी नै ४ नम्बर वडामा नेकपा एमालेबाट कुमार सम्पाङ राई, नेपाली काँग्रेसका सागर जबेगु, नेकपा माओबादी केन्द्रका भगिरथ भट्टराई, जनता समाजवादी पार्टीका लोकनाथ पौडयाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका शिवकुमार केरुङ, मंगोल नेसनल अर्गनाइजेसनका चन्द्रबहादुर केरुङको उम्मेद्वारी परेको छ ।
५ नम्बर वडामा नेकपा एमालेका चन्द्रकुमार थापा, नेपाली काँग्रेसका बबिन राई, माओबादी केन्द्रका लोकबहादुर राई, जनता समाजवादी पार्टीका दिलु राई, संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका दुर्गासिं राई, नेकपा र स्वातन्त्र उमेद्वार डम्बरसिं चौहान छन् ।
भौगोलिक हिसाबले सबै भन्दा ठूलो वडा ६ नम्बर वडामा नेकपा एमाले बाट योगनाथ दहाल, नेपाली काँग्रेस दिलकुमार राई, नेकपा माओबादी केन्द्रबाट गंगाबहादुर श्रेष्ठ, जनता समाजवादीका अस्मिन लिम्बुको उम्मेद्वारी परेको छ ।
पालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, दुई खुल्ला सदस्य, एक महिला सदस्य र एक दलित सदस्य रहने व्यवस्था छ ।