इलाममा एक हजार ४ सय ५६ को उम्मेद्वारी दर्ता, २५ नगर प्रमुख र ३४ गाउँपालिका अध्यक्षको मनोनयन


सेवारो खबर  237 पटक हेरिएको

इलामः इलाममा पालिका निर्वाचनका लागि एक हजार चार सय ५६ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । दश स्थानीय तहको ८१ वडामा आवश्यक ४ सय २५ पदमा एक हजार ३१ बढी उम्मेद्वारले मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको चार नगरपालिकामा ८ सय ३५ जनाको विभिन्न पदमा उम्मेद्वारी परेको छ । सूर्योदय नगरपालिकामा २ सय ९४, माई नगरपालिकामा २ सय ६, इलाम नगरपालिकामा दुई सय र देउमाई नगरपालिकामा एक सय ३५ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

छ गाउँपालिकामा ६ सय २१ जनाले विभिन्न पदमा उम्मेद्वारी मनोनयन गरेका छन् । चुलाचुली गाउँपालिकामा एक सय ५६, फाकफोकथुममा एक सय २५, रोङ गाउँपालिमा एक सय ४, सन्दकपुरमा ८१, माङसेबुङमा ७९ र माइजोगमाई गाउँपालिकामा ७७ जनाले उम्मेद्वारी दर्ता गरका छन्

नगरपालिकामा २५ प्रमुख र गाउँपालिकामा ३४ अध्यक्षको उम्मेद्वारी

जिल्लाको चार नगरपालिकामा प्रमुख पदमा २५ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । छ गाउँपालिकामा अध्यक्ष पदका लागि ३४ जनाको उम्मेद्वारी परेको पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छ ।

जिल्लाको कान्छो नगरपालिका भनेर चिनिएको माई नगरपालिकामा ९ जनाले प्रमुख पदका लागि उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै पहिलो नगरपालिका भनेर चिनिएकोे इलाम नगरपालिकामा ६ जनाले प्रमुख पदमा मनोनयन गरेका छन् ।

पर्यटकीय नगरी सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा समान पाँच-पाँच जनाको प्रमुख पदका लागि उम्मेद्वारी परेको जनाइएको छ ।

छ गाउँपालिकाको चुलाचुलीमा अध्यक्ष पदका लागि ९ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । रोङ र सन्दकपुर गाउँपालिकामा समान छ-छ जनाले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । अध्यपी समाचार तयार गर्दागर्दै सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका लागि परेको एक स्वतन्त्र मनोनयन फिर्ता हुँने बताइए पनि पुष्टि हुन बाँकी रहेको छ । यस विषयमा पालिका निर्वाचन अधिकृत राजेन्द्र बहादुर बस्नेतले उम्मेद्वारी फिर्ता गर्ने सहमती भएपनि नियम अनुसार हुँने जानकारी गराए ।

फाकफोकथुम गाउँपालिका अध्यक्ष पदमा पाँच जनाले उम्मेद्वारी दिएका छन् । यस्तै माईजोगमाई र माङ्सेबुङ गाउँपालिकामा समान चार-चार जनाले उम्मेद्वारी दिएको बताइएको छ ।

नगरपालिकामा २१ उपप्रमुख र गाउँपालिकामा २३ उपाध्यक्षको उम्मेद्वारी

जिल्लाको चार नगरपालिकामा २१ जनाको उप प्रमुख पदका लागि उम्मेद्वारी परेको छ । यसमा इलाम नगरपालिकामा सात जनाको उम्मेद्वारी परेको छ । सूर्योदय र देउमाई नगरपालिकामा समान पाँच-पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । माई नगरपालिकामा चार जनाले उपप्रमुख पादका लागि उम्मेद्वारी दिएका छन् ।

छ गाउँपालिकामा २३ जनाले उम्मेद्वारी दिएका छन् । चुलाचुली गाउँपालिकामा ६, फाकफोकथुममा ५, रोङ गाउँपालिकामा ४ जनाले उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । यस्तै माईजोगमाई र सन्दकपुरमा समान ३-३ जनाको उम्मेद्वारी परेको छ । माङ्सेबुङ गाउँपालिकामा २ जनाले उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।

वडा अध्यक्षमा ३ सय ३४ जनाको उम्मेद्वारी

जिल्लाको आवश्यक ८१ वडा अध्यक्ष पदका लागि ३ सय ३४ जनाले उम्मेद्वारी दिएका छन् ।

चार नगरपालिकाको ४५ वडा र मा अध्यक्ष बन्न एक सय ९३ जनाले मनोनयन गरेका छन् ।
१४ वडा भएको सूर्योदय नगरपालिमा ६९, १२ वडा भएको इलाम नगरपालिमा ४५, १० वडा भएको माई नगरपालिकामा ५३, र ९ वडा भएको देउमाई नगरपालिकामा २६ जनाले उम्मेद्वारी दर्ता गरेको निर्वाचन कार्यालयको तथ्याङ्क छ ।

३६ वडा भएको गाउँपालिकामा अध्यक्ष पदका लागि एक सय ४१ जनाको उम्मेद्वारी परेको छ । ७ वडा भएको फाकफोकथुममा ३१, समान ६ वडा भएको चुलाचुली गाउँपालिकामा ३६, माइजोगमाइमा १५, माङसेबुङमा ३० र रोङ गाउँपालिकामा २३ जनाले मनोनयन दर्ता गरका छन् । र ५ वडा भएको सन्दकपुर गाउँपालिकामा १९ जनाले वडा अध्यक्ष बन्न उम्मेद्वारी दिएका छन् ।

खुला सदस्यमा ५ सय ५२ जनाको मनोनयन

जिल्लाको एक सय ६२ खुला सदस्यका लागि ५ सय ५२ जनाको उम्मेद्वारी परेको छ । चार नगरपालिकाको ४५ वडाको ९० सदस्यका लागि ३ सय २४ जनाले मनोनयन गरेका छन् ।

१४ वडा भएको सूर्योदय नगरपालिकामा एक सय १६ जना, इलाम नगरपालिकामा ७८, माई नगरपालिकामा ७५ र देउमाई नगरपालिकामा ५५ जनाले वडा अध्यक्ष बन्न उम्मेद्वारी दिएका छन् ।
३६ वडा भएको गाउँपालिकामा सदस्य बन्नका लागि दुई सय २८ जनाले मनोनयन दर्ता गरका छन् । चुलाचुली गाउँपालिकामा ५४, फाकफोकथुममा ४६, रोङ गाउँपालिकामा ४१, माङ्सेबुङमा ३०, सन्दकपुरमा २९ र माइजोगमाई गाउँपालिकामा २८ जनाको उम्मेद्वारी परेको छ ।

महिला सदस्यमा दुई सय ६१ जनाको उम्मेद्वारी

जिल्लामा ८१ महिला सदस्य पदका लागि दुई सय ६१ जनाको उम्मेद्वारी परेको छ । नगरपालिकाको ४५ पदमा एक सय ४७ जनाले मनोनयन गरेका छन् । सूर्योदय नगरपालिकामा ५३, इलाम र माई नगरपालिकामा समान ३५-३५, र देउमाई नगरपालिकामा २३ जनाको महिला सदस्यमा उम्मेद्वारी परेको छ ।

३६ महिला सदस्य पदका लागि एक सय पाँच जनाले उम्मेद्वारी दिएका छन् । चुलाचुली गाउँपालिकामा २६, फाकफोकथुममा २१, माइजोगमाई र माङसेबुङ गाउँपालिकामा समान १४-१४ जनाले उम्मेद्वारी दिएका छन् । यस्तै रोङ र सन्दकपुर गाउँपालिकामा समान १५-१५ जनाको उम्मेद्वारी परेको छ ।

दलित महिला सदस्यका लागि दुई सय १६को उममेद्वारी

८१ दलित महिला सदस्यका लागि दुई सय १६ जनाले मनोनयन गरेका छन् । नगरपालिकाको ४५ पदमा एक सय २६ जनाले उम्मेद्वारी दिएका छन् । सूर्योदय नगरपालिकामा ४६, माई नगरपालिकामा ३०, इलाममा २९ र देउमाई नगरपालिकामा २१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

३६ दलित महिला सदस्य पदका लागि जिल्लाको छ गाउँपालिकामा ९० जनाको उम्मेद्वारी परेको छ । चुलाचुली गाउँपालिकामा २४, फाकफोकथुममा १७, रोङमा १५, माइजोगमाईमा १३, माङ्सेबुङमा १२ र सन्दकपुर गाउँपालिकामा ९ जनाले मनोनयन गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरपालिकामा प्रमुख, उपप्रमुख र गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष रहेने कानुनी व्यवस्था छ । सबै वडामा अध्यक्ष, २ खुला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य हुँने प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार