आउँदो बैशाख ३० देखि जेठ २ गतेसम्म ४ दिन सार्वजनिक विदा


सेवारो खबर  210 पटक हेरिएको

काठमाण्डौः आउँदो बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।

३० गते शुक्रबार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ ।

चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिबार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निणर्य गरिसकेकाले जेठ १ गते आइतबार पनि बिदा नै हुनेछ ।

यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।@ujyaaloonline.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार