इलामः निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले आउँदो बैशाख ३० गते हुँने स्थानीय निर्वाचनमा ४ सय ४० पर्यवेक्षक परिचाल गर्ने भएको छ ।
४० जिल्लामा लामो समयका पर्यवेक्षक ४० जना र छोटो समयको ४ सय पर्यवेक्षक ७७ वटै जिल्लामा परिचालन गर्ने आज (शनिबार) जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
समितिले परिचालन गरेका पर्यवेक्षकले सम्पूर्ण निर्वाचन प्रकृया, निर्वाचनमा उमेद्वारी चयनदेखि मत परिणाम घोषणासम्मका प्रकृया र गतिविधिहरूको पर्यवेक्षण गर्नेछन् ।
यसमा निर्वाचन नियमावली समग्र निर्वाचन आचार संहिताको पालना राजनैतिक दल र उमेद्वारहरुवाट भईरहेका छन वा छैनन, निर्वाचन प्रचारप्रशार गर्दा गलत सूचना सञ्चार तथा घृणायुक्त वक्तव्य सम्वन्धमा, निर्वाचन अभियानमा दल र उमेद्वारले गर्ने खर्चको विषयमा जानकारी लिनेछन् ।
राजनैतिक दलहरुवीचको असहिष्णुता र अन्तरद्वन्दवाट उत्पन्न हुने हिंसा र प्रतिहिंसाको सम्वन्धमा, निर्वाचनमा सवारी साधनको प्रयोग र दुरुपयोगको सम्वन्धमा, मौन अवधिमा राजनैतिक दल र उमेद्वार लगायत अन्य सरोकारवाला निकायहरुको गतिविधि सम्वन्धमा,मतदान केन्द, ज्येष्ठ नागरिक, अपाङ्गता भएका फरक क्षमता भएकाहरुको लागि, असक्तमैत्री छ वा छैन? निर्वाचनआयोगको व्यवस्थापनको अवस्था सम्वन्धमा पर्यवेक्षण गर्नेछन् ।
मतदानको दिन मतदात केन्द्र बाहिर वा भित्र मतदाताका लागि भयरहित वातावरण छ वा छ्रैन ? सुराक्षा निकायको उपस्थिति र व्यवस्थापनको अवस्थाका सम्वन्धमा जानकारी लिनेछन् ।
यूवा, महिला, दलित समुदाय, सिमान्तकृत समुदायको मतदानमा सहभागिताको सम्वन्धमा, मतगणना स्थल, मतगणना कार्य, मत परिणाम घोषणाको समग्र पर्यवेक्षण गर्नेछन् ।
आचार संहिता उलंघनका घटना भएको इओसीको दाबी
आसन्न स्थानीय तह निर्वाचनको सिलसिलामा उमेद्वारी मनोनयनदेखि उमेद्वारले नाम फिर्ता लने समयसम्म राजनैतिक दल तथा उमेद्वारहरुको अभिव्यक्ति र गतिविधिहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस क्रममा निर्वाचन आचार संहिता उलंघनका घटनाहरु प्रशस्तै भएको विज्ञप्तीमा बताइएको छ ।
निर्वाचनका लागि १८ वर्षमुनिका वालवालिकाहरुको र्यालि तथा प्रचार प्रसारमा प्रयोग भएका छन् । निर्वाचन चिन्ह अंकित गम्छा, टिसर्ट टोपी, र्यालीमा साईकल मोटरसाईकलको प्रयोग भएको जनाएको छ ।
उमेद्वारवाट सञ्चारकर्मी तथा मतदाताहरुलाई अपमानित हुने खालका अभिव्यक्ति दिएका छन् । उमेद्वारहरुलाई उमेद्वारी फिर्ता लिनका लागि भएका दवावमा मन्त्रीहरुको संलग्नता रहेको छ ।
केन्द्रीय तथा प्रदेशस्तरका मन्त्रीहरु तथा सरकारी सुविधा प्राप्त राजनैतिक पद धारण गरेकाहरुवाट सरकारी साधन र श्रोतको निर्वाचनमा प्रयोग जस्ता घटनाहरु सार्वजनिक भएका छन ।
आचारसंहिता पालन गर्न इओसीको अपिल
समितिले यस किसिमका निर्वाचन आचार संहिता विपरितका गतिविधिहरुलाई समयमै नियन्त्रण गर्नका लागि पहल गर्न निर्वाचन आयोगलाई हार्दिक अपिल गर्दछौ । साथै राजनैतिक दल तथा उमेद्वारहरुलाई निर्वाचन आचार संहिताको अक्षरसः पालना
गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाँउवाट पहल गर्न समेत अपिल गर्दछौ भनिएको छ ।
इओसी नेपाल निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि स्वीकृति प्रदान गरेका ६८ वटा संस्थाहरुमध्ये एक हो । निर्वाचन पर्यवेक्षण समिति नेपाल पनि एक राष्ट्रियस्तरको पर्यवेक्षक हो । ७७ वटै जिल्लामा ईओसी नेपालले पर्यवेक्षण गर्ने बताइएको छ ।
विज्ञप्ती :