‘सरोकारवालाले बाल अधिकारको सुनिश्चिताको काम गर्नुपर्छ’


सेवारो खबर  277 पटक हेरिएको


इलामः बाल अधिकारको सुनिश्चित गर्न सरोकारवालाले नीतिगत काम गर्नुपर्ने बताएका छन् । उनिहरूले आइतबार (आज) मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको तीन दिने स्थानीय बाल अधिकार स्रोत व्यक्ति प्रशिक्षण समापन समारोहका सहभागिले बाल अधिकारको सुनिश्तिता विषयमा सरोकारवालाले ध्यान दिने पर्नेमा जोड दिए ।

राष्ट्रिय बाल अधिकार परिषदका बाल अधिकार अध्ययन अनुसन्धान शाखा प्रमुख आत्मराम थापाले बाल अधिकार सुनिश्चित गर्न सबै सरोकारवालाले नीतिगत कार्यान्वयन गर्नु पर्ने बताए । उनले सबै तहका सरकारले नीतिगत कार्यान्वयन गर्दै बालबालिकाको सुरक्षा र संरक्षणको काम गर्नुपर्नेमा जोड दिए ।

शाखा प्रमुख थापाले बाल अधिकार सुनिश्चितताको काम गर्न परिषदले बालबालिका सम्बन्धि सूचना प्रणाली ल्याउँन लागको जानकारी गराए । उनले यसका लागि बाल अधिकार सूचना व्यवस्थापन प्रणाली (सीआरआइएमएस) र बाल संरक्षण सूचना व्यवस्थापन प्रणाल (सीपीआइएमएस) कार्यान्वन गर्न तयारी गरिरहेको जानकारी गराए ।

राष्ट्रिय बाल अधिकार परिषदका परिषद प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकाको सुरक्षाको विकासको सवालमा सरोकारवालाले काम गर्नुपर्नेमा जोड दिए । उनले बालबालिकाको विषयमा सरकारले बनाएको नीतिगत व्यवस्थापनलाई कार्यान्वयन गर्दै स्थानीय सरकारले कानुनी कार्यान्वयन गर्नु पर्ने बताए ।

समन्वय अधिकृत अधिकारीले बाल अधिकार स्रोत व्यक्तिले स्थानीय तहमा बाल अधिकार संरक्षण र विकासको क्षेत्रमा सहजिकरण गर्ने जनशक्तिलाई स्रोत व्यक्तिको रूपमा राष्ट्रिय बाल अधिकार परिषदले सूचिकृत गर्ने जानकारी गराए ।

बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजना अन्तर्गत स्थानीय तहमा बाल अधिकार तथा संरक्षण प्रणालीलाई सुदृढिकरण गर्न बाल अधिकार स्रोत व्यक्ति बनाउँन प्रशिक्षण सञ्चालन गरेको परियोजना संयोजक रूद्र थेबेले जानकारी गराए ।

प्रशिक्षणमा सहभागीलाई बाल अधिकार सम्बन्धि कानुनी तथा नीतिगत व्यवहार, विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको बैकल्पिक स्याहार तथा सर्वोतम हितको अवधारणा र अभ्यासका विषयमा जानकारी गराइएको थियो ।

स्थानीय तहमा बाल संरक्षण सवाल र सेवा प्रदायका संस्थाको नक्साङ्कन, बाल संरक्षण घटना व्यवस्थापन, बाल अधिकार तथा संरक्षण सूचना प्रणालीको विषयमा छलफल भएको परियोजना क्षेत्रिय संयाजक इश्वर लुङ्गेलीले जानकारी गराए ।

राष्ट्रिय बाल अधिकार परिषदका बाल अधिकार अध्ययन अनुसन्धान शाखा प्रमुख आत्मराम थापा र परिषद प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले सहजिकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा इलाम, पाँचथर, झापा, सुनसरी, मोरङ, धनकुटा, संखुवासभा तेह्रथुम लगायतको बीस जना सहकर्ताको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार