इलाम नगरपालिकामा एक सय ७७ जनाको चुनावी प्रतिस्पर्धा हुँदै, कुन पार्टीको को-को चुनावी मैदानमा छन् नाम सहित


सेवारो खबर  180 पटक हेरिएको

इलाम: बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकामा एक सय ७७ जना उम्मेद्वारले प्रतिस्पर्धा गरिरहेका छन् । एक स्वतन्त्रसहित ६ जना नगरपालिका प्रमुख ६ जना उप-प्रमुख पदका लागि चुनावी मैदानमा छन् ।

प्रमुख पदमा नेकपा एमालेका तफबाट धिरेनकुमार चेम्जोङ, नेपाली कांग्रेसका केदार थापा, जनता समाजवादी पार्टीका गोपालबहादुर सोराली मगर, मंगोल नेशनल अर्गनाईजेसनका बुद्धबहादुर लोक्तान, राष्ट्रिय प्रजातन्त्र पार्टीका मायादेवी भण्डारी र फडिण्द्र न्यौपाने स्वतन्त्र उम्मेद्वार रहेका छन् ।

उप-प्रमुख पदका लागि नेकपा एमालेका सीतादेवी रिजाल, नेपाली कांग्रेसको विष्णुकुमारी लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीको राजेन्द्र चौहान र जनता समाजवादी पार्टीकी भगिरथा कट्टेल र डाकप्रसाद गौतमको स्वतन्त्रबाट चुनावी मैदानमा छन् ।

नगरपालिकामा महिला १८ हजार ३१० र पुरुष १८ हजार ४२० गरि जम्मा ३६ हजार ७३० मतदाता रहेको छ । उनिहरुले नगरपालिकाको २४ मतदान स्थलको ४८ मतदान केन्द्रमा मतदान गर्नेछन् ।

वडा नम्बर ०१ मा पाँच पदका लागि १७ जना उम्मेद्वार चुनावी मैदानमा छन् । एक वडा अध्यक्ष पदमा चार जना, दुई खुला सदस्यमा छ जना, एक महिला सदस्यका लागि चार जना र एक दलित महिला सदस्य पदमा तीन जनाको उम्मेद्वार प्रतिस्पर्धामा छन् ।

वडा अध्यक्षमा नेकपा एमालेका अम्बिका गौतम, मंगोल नेशनल अर्गनाइजेसका खड्गबहादुर दिल्पाली, नेपाली कांग्रसका गायत्रीराम बस्नेत र किरात खम्बुवान साझा पार्टीका ललितप्रकाश राई वडा अध्यक्ष पदमा प्रतिस्पर्धामा छन् ।

वडा सदस्यमा पाँच जनाको प्रतिस्पर्धा हुने भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका इन्द्रबहादुर कट्वाल, नेकपा एमालेका खड्गबहादुर गुरूङ, र भीमबहादु राई रहेका छन् । नेपाली कांग्रेसका मनकुमार गुरूङ, नेकपा माओवादी केन्द्रका हेमप्रसाद राई र किरात खम्बुवान साझा पार्टीका प्रेमकुमार राई चुनावी मैदानमा छन् ।

महिला सदस्यमा चार जना चुनावी मैदानमा छन् । नेकपा एमालेकी धनमाया डाँगी, नेपाली कांग्रेसकी डायना राई, मंगोल नेशनल अर्गनाइजेसनकी दीलकुमारी मगर र किरात खम्बुवान साझा पार्टीकी टीकामाया राईले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एक दलित महिला सदस्य पदमा तीन जनाको प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमालेकी पवित्रादेवी रसाइली, नेपाली कांग्रेसकी मुनादेवी रसाइली र किरात खम्बुवान साझा पार्टीकी मनकुमारी दर्जी चुनावी मैदानमा छन् ।

वडा नम्बर २ मा ११ जना प्रतिस्पर्धामा छन् । एक स्वतन्त्र सहित तीन जना वडा अध्यक्ष, चार जना वडा सदस्य, दुई-दुई जना महिला सदस्य र दलित महिला सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

नेकपा एमालेका गिरीराज रिजाल, नेपाली कांग्रेसका बिरेन्द्रराज राई र स्वतन्त्र तर्फबाट केदारप्रसाद निरौला चुनावी मैदानमा छन् ।
वडा सदस्यमा चार जना प्रतिस्पर्धामा छन् । नेकपा एमालेका राजेन देवान र शेरबहादुर खालिङ राई रहेका छन् । नेपाली कांग्रेसका दुर्गाप्रसाद निरौला र नेकपा एकिकृत समाजवादीका निर्मलकुमार तामाङ रहेका छन् ।

महिला सदस्यमा नेकपा एमालेकी मीनाकुमारी दाहाल र नेकपा एकिकृत समाजवादीकी फूलमाया देवान प्रतिस्पर्धामा छन् ।
दलित महिला सदस्यमा नेकपा एमालेकी सरिता बराइली र नेपाली कांग्रेसकी मालती धमला चुनावी मैदानमा छन् ।

वडा नम्बर ३ मा तीन १५ जना प्रतिस्पर्धामा छन् । तीन जना वडा अध्यक्ष, छ जना सदस्य, तीन-तीन जना महिला सदस्य र दलित महिला सदस्य चुनावी मैदानमा छन् ।

वडा अध्यक्षको दौडमा नेकपा एमालेका हेमबहादुर सुनुवार, नेपाली कांग्रेसका लिलाप्रसाद थापा क्षेत्री र नेकपा माओवादी केन्द्रका विक्रम जीत राई रहेका छन् ।

दुई वडा सदस्य पदका लागि पाँच जना प्रतिस्पर्धामा छन् । नेकपा एमालेका डिकबहादुर गुरूङ र डिल्लीप्रसाद राई रहेका छन् । यस्तै नेपाली कांग्रेसका प्रकाश मुखिया, सुनिल गुरूङ, नेकपा माओवादी केन्द्रका अर्जुनकुमार थापा र जनता समाजवादी पार्टीका मनकुमार राइृ चुनावी मैदानमा छन् ।

महिला सदस्यमा एमालेकी रजनी खत्री, नेपाली कांग्रेसकी बिमला कुमारी राई र नेकपा माओवादी केन्द्रकी माया राई रहेका छन् ।
दलित महिला सदस्यमा नेकपा एमालेकी पवित्रादेवी विश्वकर्मा, नेपाली कांग्रेसकी कमला दर्जी र नेकपा माओवादी केन्द्रकी सुभद्रा दर्जी प्रतिस्पर्धामा छन् ।

वडा नम्बर ४ को पाँच पदका लागि १२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । वडा अध्यक्षमा तीन, सदस्यमा ४ जना र महिला सदस्य र दलित महिला सदस्यमा दुई जना चुनावी मैदानमा छन।

वडा अध्यक्षमा नेकपा एमालेका धनपती दुलाल, नेपाली कांग्रेसका नुतनदेव दुलाल र मंगोल नेशनल अर्गनाइजेसनका कमलकुमार लिम्बू प्रतिस्पर्धामा छन् ।

वडा सदस्यमा नेकपा एमालेका टेकिन्द्र लिम्बू र दिलिप राई रहेका छन् । नेपाली कांग्रेसबाट पारशमणि काफ्ले र विष्णु सुब्बा रहेका छन् ।
महिला सदस्यमा नेकपा एमालेकी डोमी काफ्ले र नेपाली कांग्रेसकी सुर्यमाया राई प्रतिस्पर्धामा छन् । दलित महिला सदस्यमा नेकपा एमालेकी रिता दियाली र नेपाली कांग्रेसकी शुसिला विश्वकर्मा नेपाली रहेकी छन् ।

वडा नम्बर ५ मा ११ जनाको प्रतिस्पर्धा हुने भएको छ । वडा अध्यक्षमा २, सदस्यमा ५, र महिला सदस्य र दलित महिला सदस्यमा दुई उम्मेद्वारी प्रतिस्पर्धामा छन् ।

वडा अध्यक्षमा नेकपा एमालेका गृष्म सुब्बा र नेपाली कांग्रेका काजीबहादुर श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

दुई पदका लागि वडा सदस्यमा पाँच जनाको प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेका गायत्रीप्रसाद बजगाई र जीतबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका गौतम गुरूङ र प्रमोनन्द दुलाल रहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका सुवास भट्टराई रहेका छन् ।

महिला सदस्यमा नेकपा एमालेका विष्णुकुमारी लिम्बू र नेपाली कांग्रेसका बसन्ती लिम्बूको प्रतिस्पर्धा हुँनेछ । दलित महिला सदस्यमा नेकपा एमालेकी बलीमाया घतानी र नेपाली कांग्रेसकी कञ्चन रसाइली रहेकी छन् ।

वडा नम्बर ६ मा १० जनाको प्रतिस्पर्धा हुने भएको छ । वडा अध्यक्ष २, सदस्य ४, महिला सदस्य र दलित महिला सदस्य २-२ जना रहेका छन् ।

वडा अध्यक्षमा नेकपा एमालेकी गायत्री थेगिम र नेपाली कांग्रेसका दुर्गा श्रेष्ठको प्रतिस्पर्धा हुने भएको छ ।
वडा सदस्यमा नेकपा एमालेका गोपालप्रसाद नेपाल र भीमबहादुर तामाङ छन् भने नेपाली कांग्रेसका प्रेमकुमार राई र सुवर्ण खड्काको प्रतिस्पर्धा हुनेछ ।

महिला सदस्यमा नेकपा एमालेकी तेजमाया गुरूङ र नेपाली कांग्रेसकी बिनादेवी लिम्बू चुनवी मैदानमा छन् । यस्तै दलित महिला सदस्यमा नेकपा एमालेकी सानु दास र नेपाली कांग्रेसकी पार्वती विश्वकर्मा छिन ।

वडा नम्बर ७ मा ११ उम्मेद्वारको प्रतिस्पर्धा हुने भएको छ । वडा अध्यक्षमा ३, सदस्यमा ४, र महिला सदस्य र दलित महिला सदस्यमा २-२ जनाको प्रतिस्पर्धा हुने भएको छ ।

वडा अध्यक्षमा नेकपा एमालेका सुमन श्रेष्ठ, नेपाली कांग्रेसका नरेश श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज कार्की चुनावी मैदानमा छन् ।
सदस्यमा नेकपा एमालेका ठाकुरप्रसाद कट्टेल र संजिव राई, नेपाली कांग्रसका विमल बैध र विरेन्द्र देवान रहेका छन् ।

महिला सदस्यमा नेकपा एमालेकी विपनम गुरूङ र नेपाली कांग्रेसकी बविता राई रहेकी छन् । यस्तै दलित महिला सदस्यमा नेकपा एमालेकी कविता विश्वकर्मा र नेपाली कांग्रेसकी बसन्ती घतानी रहेकी छन् ।

वडा नम्बर ८ मा १९ जना उम्मेद्वारको प्रतिस्पर्धा हुनेछ । एक स्वतन्त्र सहित ४ वडा अध्यक्ष, ८ सदस्य, ४ महिला सदस्य र ३ दलित महिला सदस्य चुनावी मैदानमा छन् ।

नेकपा एमालेका निरोज राउत, नेपाली कांग्रेसका दलमान तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीराज कुँवर र स्वतन्त्र तर्फबाट योगेन्द्रबहादुर आचार्य रहेका छन् ।

सदस्यमा नेकपा एमालेका टीका बहादुर तामाङ, सन्तलाल तामाङ नेकपा एकिकृत समाजवादीका विष्णुबहादुर अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलनाथ आचार्य, स्वतन्त्र तर्फबाट मेखबहादुर विष्ट र कुमार राई रहेका छन् । यस्तै नेपाली कांग्रेसका रमेशकुमार बुढाथोकी र रूपबहादुर खड्का रहेका छन् ।

महिला सदस्यमा नेकपा एमालेकी तिर्थदेवी ढकाल, नेपाली कांग्रेसकी सोमकुमारी गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी जानुका श्रेष्ठ र स्वतन्त्र तर्फबाट सुस्मिता तामाङ रहेकी छन् । यस्तै दलित महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मि विश्वकर्मा, नेपाली कांग्रेसकी सरूना विश्वकर्मा र स्वतन्त्र तर्फबाट जमुना नेपाली छन् ।

वडा नम्बर ९ मा १७ जना उम्मेद्वारको प्रतिस्पर्धा हुनेछ । एक स्वतन्त्र सहित वडा अध्यक्षमा ५ जना, सदस्यमा ८, महिला सदस्यमा ३ र दलित महिला सदस्यमा २ जना चुनावी मैदानमा छन् ।

वडा अध्यक्षमा नेकपा एमालेका ललित चौहान, नेपाली कांग्रेसका गोपाल चौहान, जनता समाजवादी पार्टीका चतुमान लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाराम चौहान र स्वतन्त्र तर्फबाट शेरबहादुर खड्का चुनावी मैदानमा छन् ।

सदस्यमा नेकपा एमालेका जगतबहादुर नेम्बाङ, सूर्यमान कार्की, नेपाली कांग्रेसका चुडामणी दाहाल, लोकबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर चौहान, मोहन अधिकारी, स्वतन्त्र तर्फबाट ताराकुमार निरौला र लोकबहादुर बस्नेत प्रतिस्पर्धामा छन् ।

महिला सदस्यमा नेकपा एमालेकी इन्दिरा खवास, नेपाली कांग्रेसकी कमलादेवी अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सीतादेवी चौहान रहेका छन् । यस्तै दलित महिला सदस्यमा नेकपा एमालेकी पिपला रसाइली र नेपाली कांग्रसकी भावना मुङग्राती रहेका छन् ।

वडा नम्बर १० मा १४ जना उम्मेद्वारको प्रतिस्पर्धा हुनेछ । वडा अध्यक्ष्मा ३, सदस्यमा ५, महिला र दलित महिलामा २-२ जनाको प्रतिस्पर्धा हुनेछ ।

वडा अध्यक्षमा नेकपा एमालेका रोमबहादुर मगर, नेपाली कांग्रेसका ओमनाथ प्रधान र राष्ट्रय प्रजातन्त्र पार्टीका मानबहादुर चुवान रहेका छन्।

सदस्यमा नेकपा एमालेका मानबहादुर सोराली, संजय राई, नेपाली कांग्रेसका गीताकुमारी गोले, बालकृष्ण गौतम र नेकपा एकिकृत समाजवादीका मदनकुमार खतिवडा चुनावी मैदानमा छन् ।

महिला सदस्यमा नेकपा एमालेकी सावित्री राई र नेपाली कांग्रेसकी सन्तकुमारी राई रहेका छन् । यस्तै दलित महिला सदस्यमा नेकपा एमालेकी विमला विश्वकर्मा र नेपाली कांग्रेसकी सरीमाया कामिनी रहेका छन् ।

वडा नम्बर ११ मा २० जनाले प्रतिस्पर्धा गर्दैछन् । ४ जनाले वडा अध्यक्ष, सदस्यमा ९, महिला सदस्यमा ४ र दलित महिला सदस्य ३ जनाले प्रतिस्पर्धा गर्दैछन् । वडा अध्यक्ष दावी गर्नेमा नेकपा एमालेका टाँसी जबेगु, नेपाली कांग्रेसका रबिन येक्तेन, जनता समाजवादी पार्टीका गोविन्द येक्तेन र मंगोल नेशनल अर्गनाईजेसनका इन्द्रकमल तामाङ रहेका छन् ।

सदस्यमा नेकपा एमालेका गोविन्द बहादुर खत्री, राजकुमार लिङदम, नेपाली कांग्रसका टंकबहादुर राई, प्रेमिका शिवाकोटी, जनता समाजवादीका अर्जुन राई, प्रेमबहादुर बराकोटी, मंगोल नेशनल अर्गनाइजेसनका इन्द्रहाङ नेम्बाङ, सञ्जु लोक्ताम, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमकुमार घोरसाई रहेका छन् ।

महिला सदस्यमा नेकपा एमालेकी अमृता कुमारी लिम्बू, नेपाली कांग्रेसकी धनमायाद येक्तेन, जनता समाजवादी पार्टीकी ललितमाया येक्तेन र मंगोल नेशनल अर्गनाइजेसनकी जेनिसा तामाङ छन् ।

दलित महिला सदस्यमा नेकपा एमालेकी भक्तमाया दियाली, नेपाली कांग्रेसकी बुधमाया सुनचिउरी र जनता समाजवादी पार्टीकी जीतमाया ठटाल रहेका छन् ।

वडा नम्बर १२ मा १४ जनाले चुनावी मैदानमा छन् । वडा अध्यक्षमा ४, सदस्यमा ६, महिला सदस्य दलित महिला सदस्यमा २-२ जनाको उम्मेद्वारी छ ।

नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा नविनकुमार लिम्बू, नेपाली कांग्रेसका लाखमान लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलप्रसाद उप्रेती र मंगोल नेशनल अर्गनाइजेसका बुद्धिमान लिम्बू प्रतिस्पर्धामा उत्रिएका छन् ।

वडा सदस्यमा नेकपा एमालेका तर्फबाट अम्बिर नेम्बाङ, निरानन्द चौलागाई, नेपाली कांग्रेसका तर्फबाट टीकाबहादुर येक्तेन, नेत्रप्रसाद घिमिरे रहेका छन् । यस्तै नेकपा एकिकृत समाजवादी पार्टीका बुद्दिमाता घिमिरे र जनता समाजवादीका हरिकुमार तामाङ रहेका छन् ।

महिला सदस्यमा नेकपा एमालेकी बुद्धिमाया सुब्बा र नेपाली कांग्रेसकी बिबि लिम्बू रहेकी छिन । दलित महिला सदस्यमा नेकपा एमालेकी तारादेवी खाती र नेपाली कांग्रेसकी कुमारी ल्वागुन छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार