‘एक नम्बर प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न संयुक्त संघर्ष समितिको माग


सेवारो खबर  592 पटक हेरिएको

इलामः प्रदेश नम्बर एकको नाम लिम्बुवान किरात राख्नुपर्ने लिम्बुवान किरात संयुक्त संघर्ष समितिले माग गरेको छ । संर्घष समितिले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी एक नम्बर प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमीको आधारमा ‘लिम्बुवान किरात’ हुनुपर्ने माग गरेका छन् ।

‘विगतमा नेपाल सरकारसँग पटक पटक भएका सहमतिहरू ०७ सालको क्रान्ति हुँदै १० वर्षे जनयुद्ध, जन आन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान किरातहरूले स्थापित गरेको मुद्दाहरूलाई मध्य नजर गर्दै अहिलेलाई साझा संयुक्त पहिचानको आधारमा ‘लिम्बुवान किरात प्रदेश’ नाम राख्नु पर्दछ भन्ने धारणा विज्ञप्ती मार्फत जोडदार माग गर्दछौ ।’ं भनिएको छ ।

समितिले जारी गरेको विज्ञप्तीमा ‘मागलाई नजर अन्दाज गरी लिम्बुवान शब्द समावेश नगरी पहिचान विरोधी, कोशी, सगरमाथा जस्ता प्रदेशको नाम राखिए हामी दीर्घकालिन रूपमा आन्दोलनमा होमिन बाध्य हुँने र यसले हामी नेपाली जनताको दीगो शान्ति र अमन चयनमा समेत असर पर्ने सम्बन्धित पक्षलाई जानकारी गराउँदछौ ।’ भनि लेखिएको छ ।

विज्ञप्तीमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल अध्यक्ष मुक्सामहाङ मेन्याङ्बो, जनता समाजवादी पाटी सम्बद्ध, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल अध्यक्ष कुमार लिङ्देन ‘मिराक’, नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरूको तर्फबाट उत्तमसिं थाङ्देन, नेकपा एमाले लोकतान्त्तिक लिम्बु संघ, अध्यक्ष त्रिवेणी चोङ्बाङ, किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम येक्तेन, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष दिपा लक्साम, याक्थुङ युवा मञ्च केन्द्रीय सदस्य सुनिल आङबोले हस्ताक्षर गरेको विज्ञप्तीमा ‘प्रदेशहरूको नामाङ्करण गर्ने सन्दर्भमा उत्पीडनकारी औपनिवेशिक एवं सामन्ती केन्द्रीकृत एकात्मकवादी चिन्तनका धङधङीहरू झल्कने गरी पञ्चायती शैलीमा जबरजस्ती ढंगले गण्डकी, बाग्मती लगायत नामहरू राखिएको छ । र प्रदेश एक मा शासक जातीय पहिचानमा आधारित कौशिकी ऋषिमुनीको नामबाट बनेको कोसी नदिबाट ‘कोसी प्रदेश’ चम्जङलुङ्मा÷चोमोलुङमा हिमाललाई बाबुराम आचार्यले राखेको ‘सगरमाथा प्रदेश’ नेपाली जनतको साझा नामको हवाला दिदैं शासक जातीय साम्प्रदायिक प्रदेश नाम राख्ने षडयन्त्र भइरहेको आभास भएकाले त्यसप्रति हामी खेद व्यक्त गर्दछौं र असहमति जाहेर गर्दछौं ।’ भिनएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार