इलामः सबै खालका विभेद विरूद्ध समाज एकजुट हुनुपर्ने इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले नगर दलित समन्वय समिति इलामले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामनासँगै दलित महिला जनप्रतिनिधहरूलाई क्षमता अभिवृद्धि कार्यक्रमका बक्ताले समाजमा विभेद कायमै रहेको बताउँदै सबै खालका विभेद विरूद्ध समाज एकजुट हुनुपर्नेमा जोड दिए ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले नेपालको संविधानले नै स्पष्ट बोलेको हुदाँ राम्रो काम गर्न जात, धर्म, वणर्, लिङ्ग वा समुदायलाई कसैले विभेद गर्न नुहँने बताए । उनले विभेद भए यसको विरूद्ध सबैले आवाज उठाउँनु पर्नेमा जोड दिए ।
नगर प्रमुख थापाले योजनागत कार्यले मात्रै जनजाति ,महिला, दलित ,अल्पसंख्यक,सिमान्तकृत वर्ग वा पछि परेको समाज विकास हुने बताए । सरकारले सबैको कोटा निर्धारण गरेको भएपनि सिप, कला, पेसा, व्यवसाय, व्यक्तिगता क्षमता विकासले मात्रै स्वोरोजगार बन्न प्रेरित गर्ने र यस्कालागि दिगो विकासका कार्यक्रम बनाउन सरोकार वाला संघ संस्थाले नै भूमिका खेल्नु पर्नेमा जोड दिए ।
‘सिलाई पेसा, हाईहत्तेर बनाउने पेसा ,लगायतका सबैखाले जातसँग जोडिएका पेसाहरू साझा बन्दै गएकाले अब समाजिक व्यवहारमा पनि रूपान्तर आउँदै गएको छ, प्रमुख थापाले भने-‘अझै यी र यस्ता पेसहरूलाई परिस्कृत गर्दै लाने उचित तालिमहरू, आवश्यक औजार उपकरणहरू सम्बन्धित पक्षलाई समेटेर दिदैँ जाने तर्फ लाग्नु पर्छ ।’
नगर प्रमुख थापा आफुले कुनै पहुँचवाला व्यक्ति र राजनीतिक सक्रियता नहेर्ने र सबैको अभिभावक बनेर काम गर्ने जिम्मेवारी लिएकाले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
नगर उप-प्रमुख विष्णु दाहाल लिम्बूले महिलाको विकास गर्न आर्फले जानी नजानी निरन्तर अभ्यास गर्नेपर्ने बताइन् । उनले आफैले अधिकार खोज्ने सबैसँग बोल्ने परिचित हुने समाजिक कामहरू उदाहरणीय बनेर गर्नु पर्नेमा जोड दिइन् ।
उपप्रमुख दाहालले काम गर्दा लालछना लाउने र कुरा काट्ने भेटीए पनि तिनको समाना गर्ने र जवाफ फर्काउने गरिको क्षमता आफुले बनाउनु पर्ने सुझाउँदै । विभेदकै मैदानमा संघर्ष गरेरै अघि बढ्दै जाँदा मात्रै सबैको हाई हाई भएर काम गर्ने ठाउँमा आफु पुगेको अनुभव सुनाइन् ।
कार्यक्रममा वडा नम्बर चारका वडा अध्यक्ष तथा नगर प्रबक्ता नुतनदेव दुलालले ईलाम नगरपालिकाले समृद्ध समाज विकासमा समान्नतर प्रतिनिधित्वलाई जोड दिएको बताए । उनले कुनै पनि योजना नीति तथा कार्यक्रमहरूमा सबैको भूमिका उतिकै हुने गरिको उद्देश्य बनाएर अगाडि बढिरहेको जानकारी गराए ।
प्रबक्ता दुलादले जातीय विभेद समाजमा अझैसम्म रहेको बताउँदै विभेद यस्ता अमानवीय सोँच र संस्कारलाई आफ्नै पालामा अन्त्य गरेर सम्मानीत व्यवहारीक समाज बनाउन लाग्नु पर्नेमा जोड दिदै समानताको पक्षमा लाग्न सबैलाई अनुरोध गरे ।
उनले जनप्रतिनिधिहरूले जातीय लगायत समाजमा हुने विभिन्न किसिमका विभेदका गतिविधिमा सक्रिय भए मात्रै समुन्नत समाज निर्माण गर्न सकिने सझाए ।
कार्यक्रमका अवसरमा सबैै वडाका दलित महिला जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धिको कार्यक्रम समेत गरिएको दलित नगर समन्वय समितिका अध्यक्ष मनकुमार बराइलीले जानकारी गराउँदै दलित नगर समन्वय समितिले गर्दै आएको काम अबका दिनमा अझै प्रभावकारी हुने बताए ।
हाम्रो पोख्रेल होटलमा समपन्न कार्यक्रमलाई दलित नगर समन्वय समितिकि कोषाध्यक्ष गोमा लोहारले संचालन गरेका थिए ।