बार्षिक ५० हजार बिरूवा रोप्दै सूर्योदय नगरपालिका


सेवारो खबर  261 पटक हेरिएको

इलामः सूर्योदय नगरपालिकाले बार्षिक ५० हजार बृक्षारोपण रोपण गर्ने भएको छ । इलाम र झापाको डिभिजन वन कार्यालय, बनस्पति कार्यालय र सन्दकपुर गाउँपालिकाबाट निशुल्क बिरुवा ल्याएर बिरूवा लगाउँने नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा यस वर्ष २५ हजार बिरुवा संकलन गरेर विभिन्न वडामा बितरण गरिएको नगरपालिकाका वन तथा बिपद समितिका संयोजक राजकुमार सेरेङ्गले जानकारी गराए ।

निभारो, टाँकी, ईपिल, बकाइनो, बडहर, टोटला, बर्रो, टिक, चाँप, तेजपत्ता, कपूर, तेजपत्ता, काफल लगायतका बिरुवा संकलन गरी प्रत्येक बडामा ७ सय वटाको दरले वितरण गरी बृक्षारोपण गरिएको बताइएको छ ।

बक्षारोपणको दोस्रो चरणमा बितरणमा फलफुल र चाँपको बिरुवाको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार