फेरि बढ्दै कोरोना भाइरसको संक्रमण, २ सय ६० सक्रमित भेटिए


सेवारो खबर  302 पटक हेरिएको

काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ४८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार एक सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

थप ७२ हजार तीन सय २० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार