जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद अध्यक्षमा राई !


सेवारो खबर  144 पटक हेरिएको

काठमाडौंः जनता समाजवादी पार्टी(जसपा) को संघीय परिषद अध्यक्ष अशोक राई भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेपछि राई अध्यक्षमा चयन भएका हुन ।

जसपा यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको केन्द्रीय कार्यकारिणी सदस्य मनिस सुमनले जानकारी दिए ।

कारबाहीमा पर्नेहरूमा केन्द्रीय कार्यकारिणी सदस्यहरू हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोबलाई गरिएको छ ।

भट्टराई पक्षले काठमाडौंमा समानन्तर भेला गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार