काठमाडौंः शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको नतिजामा प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीणर् भएका छन् । प्रदेश १ मा ४३ जनाको परीक्षा रद्द गरिएको छ ।
यस्तै मधेश प्रदेशबाट १७ सय २० जना उत्तीणर् हुँदा ९६ जनाको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।
बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीणर् भएका छन् । बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ ।
गण्डकी प्रदेशबाट २६ सय ४५ जनाले अध्यापन अनुमति पाएका छन् । यस्तै गण्डकीबाट ३६ जनाको परीक्षा रद्द भएको छ ।
त्यसै गरी लुम्बिनीबाट ३९ सय ७३ जना पास भएका छन्। यहाँबाट ६५ जनाको परीक्षा रद्द गरिएको छ । कणर्ाली प्रदेशबाट १६४६ पास हुँदा ३९ जनाको परीक्षा रद्द भएको छ । त्यस्तै सुदूरपश्चिमबाट २०६१ जनाले अनुमति पाउँदा ५२ जनाको परीक्षा रद्द भएको छ ।
आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो ।