काठमाडौ: दिलकुमार लिम्बूको अध्यक्षतामा आदिवासी जनजाति कर्मचारी महासंघ गठन भएको छ । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरुको काठमाण्डौमा भएको भेलाले महासंघ गठन गरेको हो ।
३५ सदस्यीय कार्यसमिति रहेको महासंघको सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासचिव छानिएका छन् ।
महासंघमा, विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन भएका छन् । त्यस्तै, विनुका शेर्पा कोषाध्यक्ष र युनिल राई सह-कोषाध्यक्ष छानिएका छन् ।
भेलामार्फत सुजित चौधरी, विकाश श्रेष्ठ, नविद्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु सदस्य चयन भएका छन् ।
भेलाले कृष्टि रोकमगरको संयोजक रहेको तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । मस्यौदा समितिमा विजय मोक्तान र गौतम बुढामगर सदस्य रहेको छन् ।
हाल तदर्थ समितिको रुपमा गठन गरिएको महासंघले आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने नवनिर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिए । अध्यक्ष लिम्बूका अनुसार महासंघमा ८ भन्दा धेरै जातीय कर्मचारी संगठनहरु आवद्ध रहेका छन् ।