प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिको संसद भवन अगाडि धर्ना


सेवारो खबर  208 पटक हेरिएको

बिराटनगर:  प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग गर्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आज प्रदेश सभा संसद सचिवालय भवन अगाडि धर्ना बसेको छ ।

पहिचानको पक्षमा आन्दोलन गरिरहेको दल राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा माओवादी सबद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान समिति त्यसैगरी एमाले, कांग्रेस लगायत दलका जातीय मोर्चाले समेत लिम्बुवान, किरात हुनु पर्ने माग गर्दै आएका छन् ।

प्रदेश १ को नामकरण लिम्बुवान, किरात प्रदेश राख्नु पर्ने माग राख्दै किरात याक्थुङ चुम्लुङको समन्वयमा आन्दोलनरत विभिन्न ३५ वटा राजनीतिक दल, संघसंस्था आबद्ध समितिले लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै मंगलबार धर्ना कार्यक्रमको आयोजना गरेको बताइएको छ । यसअघि साउन ५ गते बृहत जनप्रर्दशन गरेको थियो ।

धर्ना कार्यक्रममा सहभागी हुन लिम्बुवान, किरात चाहने राजनीतिक दल सामाजिक संघसंस्था संगठनमा आवद्धलाई संघर्ष समितिले अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार