एसईई परीक्षाफल यसरी हेर्नुहोस


सेवारो खबर  252 पटक हेरिएको

कक्षा १० वा एसईई को बोर्ड परीक्षाको नतिजा एक-दुई दिनमै प्रकाशन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

अहिले परीक्षाफलको अन्तिम रुजु गर्ने काम भइरहेकाले आजभोलि नै नतिजा आउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।

“अब एक दिनजति धैर्य गर्नुपर्ला,“ मङ्गलवार बिहान उनले भने।

यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिएका थिए।

कसरी हेर्ने परीक्षाफल?
एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।

वेबसाइटहरूः

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय www.see.gov.np

एसएमएस (SMS) र आईभीआर (IVR):

एसएमएस सेवाअन्तर्गत विद्यार्थीले आफ्नो सिम्बल नम्बर निम्न शर्टकोड नम्बरमा पठाएर नतिजा हेर्न सक्छन्।

  • नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने शर्टकोड – १६००
  • जानकी टेक्नोलोजी (SMS) प्रयोग हुने सर्टकोड – ३५००१
  • इजी सर्भिस (SMS) प्रयोग हुने सर्टकोड – ३४९४९
  • आकाश टेक (SMS) प्रयोग हुने सर्टकोड – ३१००३
  • @https://www.bbc.com/nepali/newsबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार