युवा सशक्तिकरण सञ्जाल रोङले मनायो विश्व मावन बेचबिखन विरूद्धको दिवस


सेवारो खबर  143 पटक हेरिएको

इलामः युवा सशक्तिकरण सञ्जाल रोङ गाउँपालिकाले विश्व मावन बेचबिखन विरूद्धको दिवस मनाएको छ । दिवस जुलाई ३० अर्थात साउन १४ गते भएपनि यसै अवसरमा कार्यक्रम गरेको बताइएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको एडब्लुुओ इन्टरनेसनलको सहयोगमा सञ्चालित ‘सामाजिक रूपान्तरणका लागि युवा जिविको पार्जनका लागि सुरक्षित आप्रवासन र स्वः उद्यमशिलता सम्बन्धि युवा सशक्तिकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचबिखन बिरूद्ध अभियान’ परियोजनाको सहयोगमा भएको कार्यक्रममा मानव बेचबिखन रोकथामका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा प्रमुुख आतिथि गाउँपालिका अध्यक्ष मनिकुुमार स्याङ्बोकोे स्थानीय क्षेत्रको मानव बेचबिखनलाई रोकथामको काम गर्न सरकारलाई युवाहरूले सहयोग गरेमात्र प्रभावकारी हुने बताए ।

गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवास र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले बेचबिखन रोकथामको कार्यक्रम पालिकाको सबै वडामा सञ्चालन गर्नपर्नेमा जोड दिए । उनले युवा सञ्जालले गर्ने कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार