इलाम: नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुह इलामको पहिलो अधिवेशनले आज सोमबार सम्पन्न भएको छ । अधिवेशनले गीता आचार्यको अध्यक्षतामा १५ सदस्यीय समिति बनाएको छ ।
समितिको उपाध्यक्षमा अनिता दाहाल बस्नेत, सचिवमा पुष्पा लिम्बु, कोषाध्यक्षमा लिलादेवी चौहान कडरिया, सहसचिवमा दिपा चापागाई तिम्सिना र सदस्यहरूमा शारदा चौहान, निर्जला खड्गी, कविता कर्माचार्य, बिमला फुएल ढकाल, सुरेखा खड्गी, मेनुका पराजुली, मिना निरौला, अनु थापा, सोनु मुखिया र नविता शिवाकोटी छनौट गरेको छ ।
इलाम नगरपालिकाकी उपमेयर विष्णु दहाल लिम्बुको प्रमुख आतिथ्यता तथा समुहकी केन्द्रिय अध्यक्ष अप्सरा कोईरालाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
समूहले उपभोक्ता अधिकारको विश्वव्यापी घोषणापत्र अनुसार राज्यले अवलम्बन गरेका नीतिहरु अन्तराष्ट्रिय समुदायले ठहर्याएको उपभोक्ता अधिकारलाई मुर्त रुप दिन जनचेतना अभिबृद्धि गराउने बताइएको छ ।
उत्पादित सामानको गुणस्तरको बारेमा प्रष्ट जानकारी दिने, गुणस्तरहिन वस्तु उत्पादन गर्नेलाई कसरी कारवाही गर्न सकिन्छ भन्ने जनचेतना जगाउने उद्देश्यले समूहको जिल्ला शाखा स्थापना भएको जनाइएको छ ।