प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार हुने


सेवारो खबर  172 पटक हेरिएको

काठमाण्डौः सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निणर्य गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निणर्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिए ।

सत्ता गठबन्धनको हिजो बुधबार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।

यसैबीच मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधी मङ्सिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ । २०७४ सालमा मङ्सिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार