इलामः नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको चुनावी तालमेल सबै दलका लागि सम्मानजनक हुनुुपर्ने बताएका छन् ।
पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै, ‘गठबन्धनको कुनै एक दललाई बहुमत सिट दिएर चुनावी तालमेल हुन सक्दैन ।’ नेता खनालले भने ‘संघ र प्रदेशको निर्वाचनमा तालमेल अहिलेको आवश्यकता हो तर तालमेल सम्मानजनक हुनुपर्छ ।’
‘सबै पार्टीका निम्ति सम्मानजनक हुने निष्कर्षका आधारमा मात्रै तालमेल हुनसक्छ, भन्दै नेता खनालले कुनै एउटा पार्टीले मलाई बहुमत चाहियो । मलाई बहुमत हुनेगरी तालमेल गरौं । भन्यो भने त्यस्तो ढंगले मात्र तालमेल हुन नसक्ने जिकिर गरे ।’
गठबन्धन दलका बीचमा चुुनावी तालमेलका विषयमा घनीभूत छलफल भइरहेको जानकारी गराउँदै गठबन्धन दलले आ-आफ्नै प्रस्ताव समेत राखिरहेको बताउँदै, नेता खनालले एकीकृत समाजवादीले पार्टीले २०७४ सालको सिट संख्यालाई आधार मानेर अबको तालमेल गर्ने प्रस्ताव गरेको जानकारी गराए ।
‘तालमेल गर्दा अहिले ०७४ सालको निर्वाचनको परिणामलाई जुन-जुन दलले जसरी-जसरी बहन गरिरहेका छन्, त्यो अवस्थालाई प्राथमिकता साथ हेरिनुु पर्ने हुन्छ । त्यसलाई आधार मानेर अघि बढ्नुुपर्ने बताउँदै खनालले भने, ‘भर्खरै सकिएको स्थानीय तहको निर्वाचन र बीचमा भएका कतिपय परिवर्तनलाई पनि ध्यानमा राखेर तालमेलको मोडालिटी बनाउन सकिन्छ । कार्यदलले नयाँ किसिमको धारणा पनि ल्याउन सक्छ ।’
‘चुनावी तालमेलका विषयमा ०७४ सालकै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणामलाई आधार मान्नुु व्यावहारिक हुन्छ ।’ भन्दै नेता खनालले, ‘गठबन्धन भएकाले स्थानीय निर्वाचनमा कुनै दलले ल्याएको मत त्यो दलको मात्रै साँचो मत होइन, आएको मत कुन दलको कति हो भन्ने छुुट्टिँदैन ।’
‘आवश्यकता र लचिलो भए बृहत बाम एकता सम्भव छ’
सम्मानित नेता खनालले बाम समूहको नेतृत्वले आवश्यकता बोध गर्यो र लचिलो भएर अगाडि बढ्यो भने मात्रै बृहत् वाम एकता सम्भव हुने बताएका छन् ।
एकता नहुँनु भनेको बाम समूहका नेतृत्वले चाहेन भने वस्तुगत अवस्था विद्यमान भएपनि आत्मगत अवस्था बनेको रहेनछ भनेर बुुझ्नु पर्ने बताउँदै भने ‘एकता नहुँनु भनेको सबैभन्दा ठूलो वाम समूहले आवश्यकता नदेखेको र लचिलो नभएकोले नै हो ।’
खनालले वामपन्थीको व्यापक मोर्चा बनोस् भन्ने सबैको शुभेच्छा भएपनि ‘देशको सबैभन्दा ठूूलो बाम समूह लचिलो भए मात्र एकता सम्भव हुने बताए ।
उनले गठबन्धन भित्रका ‘कम्युनिभट पक्षीय’ दलको बेग्लै मोर्चाका लागि बैठक चलिरहेका ेखुलासा गर्दै ‘गठबन्धनभित्र नेकपा (एस) माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी गरी ४ दलबीच पनि बेग्लै मोर्चाका प्रयास भइरहेको जानकारी गराए ।
उनले भने ‘यो चाहिँ मोर्चा र नेपाली कांग्रेसको बीचमा तालमेलबारे छलफलका लागि विचार मिल्नेहरूको मोर्चा हो । त्यो मोर्चा बन्यो भने मोर्चा र कांग्रेसबीचमा तालमेल गर्ने वा अरूतिर पनि ढोका खुला राखेर जाने भन्ने कुरा हुन सक्छ ।’