इलामः जनप्रतिनीधिले नागरिकको सेवक बन्नु पर्ने इलामका जिल्ला समन्वय प्रमुुख जयप्रकाश राईले बताएका छन् ।
मानव अधिकार मञ्च नेपाल इलामको गुुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजनाको नव निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारी स्वागत तथा आदान प्रदान कार्यक्रममा बोल्दै मंगलबार विहान प्रमुख राईले जनप्रतिनीधिको स्वभाव शासक नभई जनमुखी हुुनुपर्नेमा जोड दिए ।
‘स्थानीय तहको कार्य सम्पदानको क्षेत्रमा जनप्रतिनीधिको मूख्य भूूमिका रहेको बताउँदै, पारदर्शी ढंगले कार्य सम्पादन गर्नपर्छ प्रमुख राइले भने जनताको प्रतिनीधिले कामको अपनत्व ग्रहण गर्नुपर्छ । बिगतमा भएका कमिकमजोरीलाई आत्म समिक्षा गर्दै जनमुखी शासनलाई संस्थागत गर्नुपर्छ ।’
‘स्थानीय सरकारको न्याय सम्पादनको कामलाई नागरिकको पहुँच योग्य र सर्व सुुलभ बनाउँनु पर्छ । उनले भने-जनताको प्रतिनीधिलाई इच्छा शक्तिले अभिप्रेरित हुनुपर्छ ।’
प्रमुख राईले स्थानीय तहले अझैपनि आवश्यक नीति तथा कार्यविधी बनाउँन नसकेको बताउँदै, भएका सैद्धान्तिक बेरूजु तथा नीतिगत बेरूजुलाई सच्याउँदै जानुु पर्नेमा जोड दिए ।
अधिकार सहितको जिल्ला समन्वय समिति बनाउँनुु पर्ने माग गर्दै, समन्वयात्मक भूमिकालाई बाध्यकारी बनाउँन सके स्थानीय तहको कार्य सम्पादनलाई प्रभावकारी र जनमुखी बनाउँन सकिने विश्वास व्यक्त गरे ।
मावन अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकरी हरिबहादुर दाहालले स्थानीय तहको कार्य सम्पादनलाई चुुस्त दुुरूस्त बनाउँन जिल्ला समन्वय समितिको प्रमुख भूमिका रहेको बताए ।
मञ्चका एडमिन एचआर अफिसरले स्वागत गरेको कार्यक्रममा मञ्चले गर्दै आएको कामको बारेमा कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले जानकारी गराएका थिए ।