‘शान्ति सुरक्षा कायम गर्न, सरोकारवालाको सहयोग भए सहज’-प्रहरी उपरीक्षक घिमिरे


सेवारो खबर  85 पटक हेरिएको


इलाम: प्रहरी उपरीक्षक दिलिप घिमिरेले जिल्लाको शान्ति सुरक्षामा सरोकारवालाले सहयोग गर्न आग्रह गरेका छन् ।

उनले बुधबार नेपाल पत्रकार महासंघले आयोजना गरेको परिचयात्मक तथा स्वागत कार्यक्रममा सञ्चारकर्मीसँग कुुराकानी गर्दै सुरक्षाको जिम्मा प्रहरी एक्लैले पुरा गर्न कठिन भएकोले सरोकारवाला सबैले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘भारतसँग सीमाना जोडिएको इलामको सुरक्षा चुनौती उत्तिकै रहेकाले सरोकारवालाले सकारात्मक सोचका साथ एक आपसमा सहयोग गर्न आग्रह गदै उपरीक्षक घिमिरेले भने ‘सुरक्षामा सबैको चासो हुनु पर्छ । हरेक नागरिक सचेत हुन सकेमात्र सुरक्षालाई चुस्त राख्न सकिन्छ ।’

जिल्लाको समसामयिक अवस्थाको बारेमा सञ्चारकर्मी मार्फत जानकारी लिदै उपरीक्षक घिमिरेले जिल्लाको शान्ति सुरक्षामा दत्तचित भएर काम गर्ने जानकारी गराउँदै भने ‘नागरिकको सुरक्षासँग जोडिएको सूूचनाले प्रहरी र नागरिकको सम्बन्ध जोड्नु पर्छ ।’

पछिल्लो समयमा आपराधिक कृयाकलापको प्रकृति फेरिदै गाएकोले सर्वसाधारण नागरिकलाई चनाखो बन्न अनुरोध गर्दै भ्रामक सूचनाको पछि लाग्न नहुँने बताए । उनले स्वार्थको लागि भ्रामक सूचना दिएर फाइदा लिने गरेकोले सञ्चार कर्मी समेत यस्ता तथ्यहिन सूचनाको पछि नलाग्न सुझाए ।

समाजमा ठगी गर्ने गिरोह सक्रिय रहेकाले सामाजिक सञ्जाल वा फोनमा आउने नयाँ अपरिचित ब्यक्तिहरुबाट जोगिनु पर्नेमा जोड दिदै, धम्क्याउने तर्साउने काम कोही कतैबाट भए प्रहरीलाई खवर गरेर सहयोग गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार