बन्यो, ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ प्रदेश १ को नारा र लोगो


सेवारो खबर  207 पटक हेरिएको


मोरङ: ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ नारा सहितको प्रदेश १ को पर्यटन ब्राण्ड र लोगो संस्कृति तथा पर्यटन मन्त्रालयमा बुझाइएको छ । कार्यदललले लोगो र ब्राण्ड सहितको प्रतिवेदन संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गरेको छ ।
प्रतिवेदन बुुझ्दै पर्यटन मन्त्री लिम्बुले प्रतिवेदनका आधारमा काम गर्ने प्रतिबद्धता जनाएकी छन ।

प्रतिवेदमा उल्लेख भएका विषयहरू मन्त्रालयले थप अध्ययन गरेर यसलाई मन्त्री परिषदबाट पारित गरी कार्यान्वयनमा लाने जानकारी गराइन् ।

प्रदेश १ का ए सय ३७ पालिकाको मुख्य ब्राण्डको खोजी गरेकोमा एक सय १२ वटा पालिकाको पर्यटकीय गन्तव्य र ब्राण्ड समेटेर प्रतिवेदन बुझाइएको जनाइएको छ ।

सेलिङ ब्राण्डको नारा दिएर कार्यदलले ब्राण्ड निर्धारण गरेको छ । पालिकाको सेलिङ ब्राण्डमा सुनसरीको बेसार, उदयपुरको तेज पत्ता ,खोटाङको घँघरूको लौरो, धनकुटाको एभोकाडो, भोजपुरको खुकुरी ब्राण्ड कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सोलुखुम्बुको लुक्ला बिन्स, ताप्लेजुङको छुर्पी, सङ्खुवासभाको अल्लो, पाँचथरको अलैँची, इलामको चिया, तेह्रथुमको ढाकाको कपडा, झापाको सुपारी र मोरङको माछालाई बिक्री गर्न सकिने पहिचान भएकोले यसको ब्राण्डिङ र बिक्री वितरणसँग जोडिएको लोगो बुुझाइएको कार्यदलका सदस्य तथा बरिष्ठ पत्रकार कौशल चेम्जोङ छ ।

कार्यदल चेम्जोङका अनुसार प्रदेशको १४ वटै जिल्लामा पुगेर त्यहाँको उत्पादन, बजारीकरण र स्थानीयको मागको आधारमा ब्राण्डको पहिचान गरिएको हो । ब्राण्डको नाम ल्याउन जिल्लाको उद्योग वाणिज्य संघसँग समन्वय गर्दै पालिकाको पहिचान बारेमा लिखित जानकारी गराएको आधारमा जिल्ला विशेष पहिचान खोजिएको हो ।

भविश श्रेष्ठको कार्यदलले ५० दिन लगाएर प्रतिवेदन बुझाएको छ । पाँच सदस्यीय कार्यदलमा जीतबहादुर राई, दोर्जे सुशील शेर्पा र कौशल चेम्जोङ थिए । सदस्य सचिवमा मन्त्रालयले एकजना कर्मचारीलाई जिम्मा दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार