किनारीकृत पाठ्यक्रम कक्षा ११ र १२ (लिम्बूभाषा)को परिमार्जन संशोधन सम्पन्न


मलिसा याक्थुङबा  140 पटक हेरिएको

अन्तरिम काल, २०६६ मंसीर ३० गते अ‍ौपचारिक उद्घाटन गरेर नै लिम्बू भाषा कक्षा ११ र १२ को पठनपाठन प्रारम्भ गरियो । प्राज्ञ तथा लेखक थाम्सुहाङ पुष्प सुब्बाको हस्त लिखित पुस्तक प्रतिलिपिहरू गर्दै पढाइयो । पाठ्यक्रम थिएन, खोजियो । सुक्खिम अनि काठमाण्डौं चहार्ने काम भो । कुरै कुरामा तत्कालिन चुम्लुङ महासचिव श्री योगराज वनेमले “हैन, प्रविणता प्रमाणपत्रका लागि पाठ्यक्रम बनाइएको छ । त्यो चलाउँदा के हुन्छ ?’’ भन्नुभो । “के खोज्छस् काना आँखो’’ भने झैं मलाइ यत्ति धेरै राहत र हर्ष भो ।

जुनबेला खुशीले धेरै रमाएका थिएँ । तीनदिन लगाएर उक्त पाठ्यक्रम पाउनु भो । जुन नमूना पाठ्यक्रम लिएर याम्बोःङ फर्केँ । वास्तवमा यो नमूना पाठ्यक्रम त्रिभूवन युनिभर्जिटिको प्राज्ञ सभा समेतले पास गरेको थियो ।

“लिम्बूभाषा उच्चमाद्यमिक शिक्षा बोर्ड’’को २०६६ फागुन १८ गते गठित पाठ्यक्रम निर्माण समितिले कियाचु केन्द्रले निर्माण गरेको प्रविणता प्रमाणपत्र तहको प्रथम वर्षलाइ कक्षा ११ र दोश्रो वर्षलाइ कक्षा १२ को तहगत निर्धारण गर्दै प्राप्त कृतिहरूका आधारमा सामान्य परिमार्जन संशोधन पहिलो पटक (२०६७) गरी स्वीकृत गरियो र तेसैअनुसार पाठ्यपुस्तक निर्माण भै हालसम्म निरन्तर पठनपाठन चल्दैछ ।

दशकौं व्यथीत पाठ्यक्रम र पाठ्यपुस्तकलाई ’विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६’ को मर्म र समयानुकुल परिमार्जन संशोधन गर्न आवश्यक रहेकाले बोर्डबाट ’’पाठ्यक्रम परिमार्जन संशोधन मस्यौदा लेखन कार्यदल’’ गठन गरी सरोकारवाला विद्यालयका भाषा शिक्षकहरूको संलग्नतमा गत २०७९ भाद्र १० र ११ गते मस्यौदा लेखन सम्पन्न भएको छ । यस पाठ्यक्रममा छत्थरे, फेदापे, तमरखोले, चारखोले र पाःन्थःरे भाषा शिक्षक, प्राध्यापक तथा पाठ्यक्रम विज्ञहरूसंगै याक्थुङ् प्रज्ञाप्रतिष्ठान र लिम्बू साहित्य प्रतिष्ठान प्रतिनिधि सम्लग्नताले पाठ्यक्रमलाई उच्च बनाएको महशुस तुल्याएको छ ।

ज्ञात रहोस्, हालसम्म नेपाल सरकारको एकपैसा नपाएपनि र सरकारी बजेटको दोहन कुनैले गरि ल्याएता पनि राज्यको पैसा नपाउँदा बेखुशीमा छैनौं । राज्यले हेरून् नहेरून्। हाम्रो अभियान निरन्तर जारी छ । हामीलाइ बजेट दिने सोच र सहयोगको अलावा साथीहरूको वैधानिक र अवैधानिक सूचनाले अन्योल बनाई ‘आफैं मोजमस्ति गरूँ’ भन्ने स्वार्थीहरू बीचमा वोर्डकै नीजि खर्चबाट कक्षा ११ र १२ शिक्षाको ठूलो सम्पत्ति निर्माण भएको छ । तपाइ यदि लिम्बूभाषाबाट उच्च शिक्षा लिन र भविष्यमा यो प्रदेश नं. १ को कामकाजी भाषा घोषणा गर्दा भरथेग गर्न यो अभियानमा सरिक रहन दिलचस्पी अनुरोध छ ।

हाम्रो अभियानमा वहाँहरूको तर्कपूणर् अब्स्टेकल्सः वहाँहरू वैधानिक । कसरी वैधानिक ? नत राष्ट्रिय पाठ्यक्रम प्रारूपमा लिम्बु भाषा विषय लगाउन सके नत कोडनम्बर नै घुसाउन (तहगत ४ र ५ मा लिम्बू भाषा उल्लेख छैन) । हामी संलग्न नभई पाविकेले पुस्तक छपाए भन्दैमा वैधानिक मान्ने हो त ? मतलव, हाम्रो अभियानमा तपाइहरू नभएकाले ठूलो अवरोध बनाउँदै ल्याउनु भएकै हो, विगतदेखि । हामी दुवै अटेर छौं । वौद्दिक वहश छैन । हाम्रो खोज अनुसन्धान तथा अनुभवहरू सुन्ने पक्षमा छैन । भाषाशाष्त्रको सिद्धान्तहरू सुनाउँछन् र भाषा विज्ञानका कुरा । तेस पक्षमा मूर्ख र अन्ध ठान्छन् । के यो समाधान हो त ? यहि विषयमा कक्षा ११ र १२ मा मैले पढाउँदा प्राप्त ज्ञानहरू चैं वेकामे, भाषाशाष्त्रको विरूद्दमा देख्छन् ।

माङ्सेबुङ् गाउँपालिका सरकार र चुलाचुली गाउँपालिका सरकारमा चलाउँदै छ त । अर्को लिपिमा, नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको शब्दकोशमा दुवै लेखन प्रचलनहरू समावेश गरेका छन् । दुवै लेखनलाई वैज्ञानिक र वैधानिक बनाएका छन् । तर एकपक्षलाइ स्थान नदिई मिचेर लैजानु किनारिकरण गर्नु हो । नभए किन ति लिपि लेखनहरू शब्दकोशहरूमा लेख्नु ? निकालेर फाले भो त ? तसर्थ हाम्रो लेखन पनि वैज्ञानिक र वैधानिक छ भन्ने दावी । पाविके, प्रज्ञा र चुम्लुङले उक्त शब्दकोशमा रहेको एकधारलाइ मात्र प्रयोग गर्यो भन्दैमा सर्वैसर्वा वैधानिक हो भनेर स्वीकार गर्न सकिन्न र अर्कोधारलाइ किनारीकरण, थिचोमिचो र अपमान गर्दैमा सकिएछ भनेर पनि मान्नु हुन्न ।

वैधानिक मित्रहरूले नै एकशब्दको दुइखाले शब्दकोशमा राखि दुवैलाइ वैज्ञानिक र वैधानिक बनाउने अनि तेसैभित्र रहेर लेख्नेहरूलाइ अवैधानिक भन्ने स्रष्टा, लेखक, शिक्षाविद्, पाठ्यक्रमविद्, कोशकारहरूको स्थुलमा भाषाको नवसामन्तवादी सोाच वाहेक अन्य बुझेनौं। उच्चशिक्षा यात्रामा महभीरको रूपमा उभीदिएको मानिनेछ । मिहिन रूपमा अनुसन्धानात्मक वहशको खाँचो छ । र “आफैं धामी, आफैं बोक्सी’’ नबनौं । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को तहगत ४ (कक्षा ९ र १०) मा लिम्बूभाषा विषय नलगाइञ्जेलसम्म अर्को अभियान थप गर्ने सोचमा छौं । तहगत ५ (कक्षा ११ र १२) मा जहिलेसम्म कोडनम्बर प्राप्त हुँदैन, तहिलेसम्मको हाम्रो अभियान निरन्तर रहनेछ । यो सुन्दर अभियानमा मनको सहयोग गर्नुहोस् ।

प्रथमतः किरात याक्थुङ चुम्लुङको अथक प्रयासबाट निर्माण गरिएको नमूना पाठ्यक्रम (२०५९ साउन १६ र १७) र कियाचु केन्द्र लगायत सबै शाखाहरूलाइ हृदयबाटै धन्यवाद छ । तत्कालिन कियाचुका महासचिवदेखि अध्यक्ष र हाल सल्लाहकार योगराज वनेमलाइ अन्तरहृदयदेखि नै धन्यवाद। किनकि हामीलाइ जन्म दिएको छ । समग्रमा कक्षा ११ र १२ को “पाठ्यक्रम परिमार्जन संशोधन मस्यौदा लेखन कार्यदल’’मा सरिक हुनुहुने र भाषाशिक्षामा उच्च योगदान पुर्याउने पाठ्यक्रमविद् तपाइहरूलाइ हार्दिक धन्यवाद छ । @मलिसा याक्थुङबाको फेसबुक वालबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार