देउमाई मंगलबारेमा ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रममा विवाद


सेवारो खबर  164 पटक हेरिएको


देउमाईः इलामको निर्वाचिन क्षेत्र नम्बर २ को मंगलबारे बजारमा भएको नेपाली कांग्रेसको ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रममा विवाद भएको छ ।

कार्यक्रम स्थलमै कांग्रेसका नेताहरू बिच भएको विवाद हालाहाल सम्म पुुगेको बताइएको छ । महाधिवेशन प्रतिनिधि तारा थापाले आफूमाथि हमला भएको सामाजिक सञ्जाल फेसबुुकमा सार्वजनिक गरेका छन् । थापाले नगर सभापति दिलीप कार्की लगायतले आफू माथि सार्वजनिक कार्यक्रममा आफ्ना विचार राख्ने क्रममा सुनियोजित ढंगले हमला भएको उल्लेख गरेका छन् ।

अभियान कार्यक्रमको स्वागत गर्ने क्रममा क्षेत्र नम्बर २ प्रदेश १ का सभापति गोपाल चौहानले स्थानीय निर्वाचनमा अन्तरघात गर्नेहरू यहि भएको र अन्तघात गर्नेहरू बाहिर जानु भनेपछि महाधिवेसन प्रतिनीधि तारा थापाले बीचैमा उठेर को हो अन्तरघाती भनेर प्रश्न गरेपछि विवाद भएको बताइएको छ ।

दिलिप कार्की समूहले कारबाहीमा परेकोलाई कार्यक्रममा प्रवेश दिन नहुँने तर्क सकेपछि विवादले उग्ररूप लिदै केही समय कार्यक्रम विथोलिएकोे थियो ।

झडपपछि थापाले आफूमाथि हमला भएपछि आत्मारक्षाका लागि आफूले पनि प्रतिकार गरेको बताएका छन् । उनले पार्टीभित्र बोल्न पाउने हक खोस्न नहुने बताउँदै आफ्ना धारणा राख्ने क्रममा उनले आफूमाथि हमला भएको भन्दै न्यायका लागि अपिल गर्दै दोषी उपर कारबाही गर्न माग समेत गरेका छन् ।

सभापति दिलीप कार्कीले केही साथीहरुलाई बाहिर जानुहोस भन्दा मान्नु भएन र साथिहरूले उहाँहरूलाई बाहिर निकाल्नु भएको मात्र हो हात हालाहा नभएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार