मंगोल नेशनल अर्गनाइजेसन इलामले उम्मेद्वारी टुुँगो लगायो


सेवारो खबर  168 पटक हेरिएको

इलामः आउँदो मंसिर ४ गते हुने प्रतिनीधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ) इलामले उम्मेद्वारी टुङ्गो लगाएको छ ।

बुधबार इलाम सदरमुकाम इलाम बजारमा बसेको पार्टीको जिल्ला सभाको नियमित बैठकले उम्मेद्धारको टुुँगो लगाएको हो ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ एमएनओ केन्द्रीय प्रेसिडेन्ट बुुद्धलाल मेचे, क्षेत्र नम्बर २ मा पार्टीका केन्द्रीय प्रचार सचिब मणि पापो लिम्बूको उम्मेद्वारी रहने जिल्ला सभा इलामका अध्यक्ष गङ्गाराज तामाङले जानकारी गराए ।

तामाङका अनुसार क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा(क) बाट केन्द्रिय सदस्य रेणुका ह्यल्मो र (ख) बाट अर्का केन्द्रीय सदस्य राजन चाम्लिङले उम्मेद्वारी दिनु हुने छ । त्यस्तै क्षेत्र नम्बर-२ प्रदेश सभा (क) सुर्य बहादुर तामाङ र (ख) जितबहादुर ओजीको उम्मेद्बारी रहने छ ।

जिल्ला सभा अध्यक्ष गंगराज योन्जन तामाङको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय प्रचार सचिब मणि पापो लिम्बुको प्रमुख आतिथ्यतासँगै केन्द्रीय अनुशासन सभा संयोजक गणेश चाम्लिङ, १ नम्बर प्रान्तीय सभाका सदस्य लासिमहाङ लिम्बुुको उपस्थिीतिमा बैठक सम्पन्न भएको थियो ।

संगठनका संस्थापक महामानव गोपाल गुरुङले इलाम जिल्लाबाटै एमएनओको थालनी गरेको बताईन्छ । २०६४ सालमा संगठनले दर्ता पाएपछि भएको पहिलो संविधान सभाको निर्बाचन क्षेत्र ३ बाट संगठनको तर्फ बाट उम्मेद्वारी दिएका थिए । अहिले इलाममा २ वटा प्रतिनिधि सभा निर्बाचन क्षेत्र बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार