विराटनगरः १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँन आवश्यक रहेको बताएका छन् ।
प्रदेश भर सञ्चालन हुँन लागेको हामी स्वयंसेवी अभियानको जिल्ला संयोजकको प्रदेश भेलामा बोल्दै, कार्कीले टिकटक बनाउँने नाममा ज्यानै जाने गरी टिकटक बनाउँनेलाई बचाउँने काममा पछिल्लो पुस्ता नलागे उल्लेख गर्दै, तन्नेरी पुस्तालाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमान समाजमा स्थापित गराउँन अभियान सञ्चालन गर्न लागेको जानकारी गराए ।
विपद आइलागेको समयमा समाजको स्वयंसेवी भएर काम गर्ने कर्तव्यनिष्ठ पुुस्ता बनाउँन अभियानमा सरोकारवाले समेत काम गर्नुु पर्ने जोड दिदै मन्त्री कार्कीले भने ‘जिम्मेवार नागरिकको उत्पादन गर्नुु वर्तमानको आवश्यकता हो ।’
कार्यक्रममा जिल्ला संयोजकहरूलाई निर्देशन दिदै मन्त्री कार्कीले जिम्मेवार नागरिक उत्पादन गर्ने तपाई आफै प्रत्येक नागरिक स्वयंसेवक भएको उल्लेख गर्दै, समाजलाई सामाजिक फ्रेमवर्कमा ल्याउँने काम गर्न आग्रह समेत गरे ।
मन्त्री कार्कीले प्रदेश सरकारेको यो अभियानमा सेवा गरेर समाजलाई नेतृत्व प्रदान गर्ने नेतृत्व बनेर देखाउँनु पर्ने सुुझाए ।