इलामः नेकपा (एमाले) इलामले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दुुबै निर्वाचन क्षेत्रको उम्मेदवार सिफारिस गरेको छ ।
एमालेले प्रतिनिधिसभा सदस्य क्षेत्र १ बाट पार्टी जिल्ला अध्यक्ष महेश बस्नेत, नेता रमेश राई र पार्टी प्रदेश सदस्य काजीमान कागतेको नाम छानेको छ ।
प्रदेशसभा निर्वाचनमा एमालेबाट क्षेत्र १ (क) मा कृष्ण सुवेदी, खगेन्द्र घिमिरे, देवकुमार दाहाल, नरेश तामाङ, नोमनाथ खतिवडा, युवराज वाशिष्ठ र शोभा पराजुलीको नाम उम्मेदवारका लागि सिफारिस भएका छन् । क्षेत्र १ (ख)मा ध्रुव श्रेष्ठ, दीपक थेबे, विष्णुमाया आचार्य (रिमाल), मेघनाथ गिरी, दीपेन्द्रकुमार राई, सुजन नेपाल र खड्ग आले उम्मेदवारमा छानिएका छन् ।
प्रतिनिधि सभा क्षेत्र २ मा एमालेले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको नाम यसअघि नै सर्वसम्मत् रूपमा छानिएका छन् ।
प्रदेश सभा क्षेत्र २ (क) मा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेशप्रसाद बरालको नाम सर्वसम्मत सिफारिस भइसकेको छ ।
क्षेत्र २ (ख) मा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामबहादुर रानामगर, अनुप अधिकारी र सन्तराम योङहाङको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।