१ नम्बर प्रदेशमा ‘हामी स्वयंसेवी’ अभियान कार्यक्रम सञ्चालन हुुँदै, के हो ? हामी स्वयंसेवी अभियान


याम माबोहाङ लिम्बू  681 पटक हेरिएको

इलाम: १ नम्बर प्रदेशमा ‘हामी स्वयंसेवी’ अभियान कार्यक्रम शुुरू भएको छ । १४ वटै जिल्लामा सञ्चालन हुँने कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गर्नेछ ।

पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँदै जिम्मेवार बनाउँन कार्यक्रम सञ्चालनमा ल्याएको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी गराए ।

कार्कीले ज्यानै जाने गरी टिकटक बनाउँनेलाई बचाउँने काममा पछिल्लो पुस्ताको ध्यान नगएकोे उल्लेख गर्दै, तन्नेरी पुस्तालाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित गराउँन अभियान सञ्चालन गर्न लागेको बताए ।

विपद आइलागेको समयमा समाजको स्वयंसेवी भएर काम गर्ने कर्तव्यनिष्ठ पुुस्ता बनाउँन अभियानमा सरोकारवाले समेत काम गर्नुु पर्ने जोड दिदै मन्त्री कार्कीले ‘जिम्मेवार नागरिकको उत्पादन गर्नु वर्तमानको आवश्यकतालाई अभियानलाई पुरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

के हो ? हामी स्वयंसेवी अभियान
‘हामी स्वयंसेवी’ अभियान किशोर अवस्थाका विद्यार्थी लक्षित १ नम्बर प्रदेश सरकारको कार्यक्रम हो । विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्नेछ ।

माध्यमिक तहको ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराइने छ । यसमा प्रदेश १ को करिब २ हजार विद्यार्थी हामी स्वयंसेवी कार्यक्रममा आवद्ध हुने छन् । विद्याथीहरू स्वयंसेवी अभियानको विभिन्न सिर्जनात्मक कार्यक्रममा सहभागी भई विद्यार्थी आफैले नैतिकवान नेतृत्व शैलीको विकास गर्नेछन् ।

अभियानका माध्यमबाट उनीहरूकै नेतृत्वदायी भूमिकामा रचनात्मक र सिर्जनशिल बनाउँने सीपको विकास गर्दै, आफूमै संभावना वा अवसरको खोजी, स्वःचेतना, स्वयंसेवी, व्यक्तिगत जीवनप्रति आशावादीे भई सफल बन्न प्रेरणा दिने, उनीहरूकै माध्यमबाट समाजमा हुँने गरेका सामाजिक अपराध, संगठित अपराध, राजनीतिक, विपद्, सडक दुर्घटना लगायतका गतिविधी न्यूनिकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।

हामी स्वयंसेवी अभियानको उद्देश्य
अभियानले सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत किशोर किशोरीलाई लागु पदार्थ दूव्र्यसनको कुलत तथा प्रयोग गर्नबाट निरूत्साहित गरी नैतिक, जिम्मेवार तथा असल नागरिकको रूपमा सामाजिक दायित्व निर्वाह गर्ने साथै विपद व्यवस्थापन सम्बन्धमा विविध काम गर्न सक्षम बनाउँने छ ।

विद्यालयमा सचेतना तथा जागरणमुलक कार्यक्रम सञ्चालन गर्दै, लागु औषध दूव्र्यसनको प्रयोगलाई न्यूनिकरण गर्न शैक्षिक चेतनामूलक सामग्री सहित पाठ्यक्रम निमाणर् गर्न स्थानीय तहसँग समन्वय गर्नेछ ।
किशोर किशोरीलाई वातावरण संरक्षण, विपद व्यवस्थापन तथा नैतिक दायित्व सहितको सामाजिक दायित्व निर्वाह गर्न सक्ने जिम्मेवार नागरिक बन्न उत्प्रेरणा जगाउने छ ।

लागु औषध रोकथाम तथा नियन्त्रणसँग प्रत्यक्ष एवं परोक्ष रूपमा सरोकार राख्ने अन्य सार्वनिक निकायसँग समन्वय गरी कार्य गर्नेछ । विद्यालयमै विज्ञहरूको सहयोगमा लागु औषध तथा विपद व्यवस्थापन सम्बन्धि व्यवहारिक तथा सचेतनामुलक कार्यक्रम सञ्चालन हुनेछ ।

लागु पदार्थ दुव्र्यसन निराकरण, विपद व्यवस्थपन तथा नैतिक शिक्षा सम्बन्धि तालिम सञ्चालन गर्न सक्ने जनशक्ति तयार गरी परिचालन गर्नेछ ।

के गर्छ ? हामी स्वयंसेवी अभियान
प्रत्येक सामुदायिक तथा संस्थागत (कक्षा ९ देखि १२) का विद्यार्थीलाई समेटी विद्यालयमा १५ जनाको हामी स्वयंसेवी समूहमा बनाउँने छ । यो समूहलाई परिचालन गर्न विद्यालयको प्रधानाध्यापकको संयोजकत्वमा एक कार्यक्रम कार्यान्वयन समिति गठन गर्नेछ ।

कार्यक्रम कार्यान्वय समितिको प्रत्यक्ष निगरानीमा हामी स्वयंसेवी समुुहको नेतृत्वमा नैतिक सचेतना, लागु औषद दूव्र्यसनको न्यनिकरणको कार्यक्रमसँगै समुदायमा विपद जोखिम न्यूनिकरणको क्षेत्रमा विद्यालय जीवनमै सचेत बनाउँने विभिन्न अतिरिक्त कृयाकलाप सञ्चालन गर्नेछ ।

विद्यालय स्तरमा हुँने किशोर किशोरीको समस्या पहिचान गरी समाधानको लागि सम्बन्धित निकायमा जानकारी गराउँदै शैक्षिक अभियान सञ्चालन गर्न उत्प्रेरणा जगाउँदै, किशोर किशोरी माथि हुुँने हिंसा, दव्र्यवहार, शोषण, विभेद, बाल बिवाह जस्ता बिशंगतीपूणर् क्रियाकलाप रोक्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेछ ।

किशोर किशोरीको आफूभित्र रहेको प्रतिभा तथा खुबीलाई उजागर गर्दै, लागु पदार्थ दुव्र्यसन, चेलिबेटी बेचबिखन विरुद्धको अभियान, सामाजिक कृयाकलाप, प्राकृतिक प्रकोप जस्ता सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काम गर्दछ ।

विद्यालयमा विद्यार्थीका अतिरिक्त क्रियाकलाप चित्रकला, वक्तृत्वकला, वादविवाद, हाजिरी जवाफ प्रतियोगिता, निबन्ध, खेलकुद, कविता लेखन, गीत संगित, नाटक, फोटो प्रर्दशनी प्रतियोगिता गर्नेछ । यसका साथै अन्तरकृया, सकारात्मक सन्देश, र्याली तथा जुलुस, भित्तेलेखन, पर्चा पम्पलेट लगाएको जानकारी मुलक सामग्री वितरण समेत गर्दछ ।

विद्यालय उमेरमै सामाजिक कृयाकलापमा सहभागी भई विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवाला संयन्त्रसँग समूहको संस्थागत विकासको लागि समन्वय तथा सम्बन्ध बिस्तार गर्ने जनाइएको छ ।

कस्तो छ ? जिल्ला स्तरमा कार्य सम्पादन संयन्त्र
हामी स्वयंसेवी अभियान कार्यक्रम सञ्चालन गर्न १४ वटै जिल्लामा जिल्ला स्तरीय अनुुगमन समिति रहने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ८ सदस्यीय अनुुगमन समिति बन्ने छ । समितिको सदस्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, शिक्षा विकास तथा समन्यव इकाईको प्रतिनीधि, प्याव्सन/एन प्याव्सन/हिसान प्रतिनीधि, जिल्ला स्काउट वा स्काउट मास्टर र जिल्ला संयोजक सदस्य सचिव रहेन व्यवस्था छ ।

स्थानीय तहस्तरीय समन्वय तथा सहजिकरण समिती
प्रत्येक स्थानीय तहमा स्थानीय तहस्तरीय समन्वय तथा सहजिकरण समिती रहने छ । नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा ८ सदस्यीय एक समन्वय तथा सहजिकरण समिति बन्ने छ । समितिका सदस्यमा उपप्रमुख तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहमा रहेको प्रहरी कार्यालयको प्रमुख, लागु औषध तथा विपद व्यवस्थापनमा काम गर्ने संस्था मध्येबाट एक जना प्रतिनीधि, पत्रकार मध्येबाट एक जना, नेपाल स्काउट/स्काउट सदस्य एक जना र शिक्षा शाखा प्रमुुख सदस्य सचिव रहने व्यवस्था छ ।

विद्यालयमा कार्यक्रम कार्यान्वयन समिति
विद्यालयमा हामी स्वयंसेवी गठन गरी कार्यक्रम सञ्चालन गर्न गराउँन सम्बन्धित विद्यालयको प्रधानाध्यापकको संयोजकत्वमा एक कार्यक्रम कार्यान्वयन समिति रहने छ । समितिका सदस्यमा नजिकैको प्रहरी कार्यालयको प्रमुुख, महिला शिक्षक (जेण्डर फोकल पर्शन), विद्यालयमा गठन भएको किशोर किशोरीको क्लबबाट दुुई जना, अविभावक एक, स्वाथ्य विषयको शिक्षक एक र शिक्षक नायक सदस्य सविच रहने व्यवस्था छ ।

प्रत्येक विद्यालयमा हामी स्वयंसेवी समूह
प्रत्येक माध्यमिक विद्यालयमा १५ सदस्यीय हामी स्वयंसेवी समूह गठन हुुँने छ । समूहमा अध्यक्ष, उपाध्यक्ष दुुई (छात्र र छात्रा), सचिव, कोषाध्यक्ष पदाधिकारी रहने छन् । समूूहको सदस्य समावेशी रूपमा दश जना हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार