‘फेरि पनि कांग्रेस कम्युनिष्टलाई भोट दिएर जिताउनु भनेकाे  देश लुट्ने लाइसेन्स दिनु हो’-राप्रपा अध्यक्ष लिङदेन


सेवारो खबर  80 पटक हेरिएको


इलामः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फेरि पनि यो मुलूकमा कांग्रेस कम्युनिष्टलाई भोट दिएर जिताउनु भनेकाे  देश लुट्ने लाइसेन्स दिनु भएकाे बताएका छन् । इलाम बजारमा भएको पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै देश बिगार्ने बरबाद पार्नेलाई भाेट दिएर जिताउँने नागरिक पनि देश बिगार्ने भएकाे उल्लेख गरे ।

”मुलुकलाई यो अवस्थामा पुर्‍याउँने तपाई नागरिक नै हो अध्यक्ष लिङ्देनले भने-तपाई जनताकै कारण देशको अवस्था बिग्रीएको हो । नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यस्तैलाई भोट दिएर अनुमोदन गर्ने तपाई नै हो । भोट दिएर जिताउने जिम्मेवार नागरिक तपाई नै हो । अभिमत गलत नेता र पार्टीलाई दिनु भयाे भने फेरि मुलूकले दुख पाउँनेछ । बरबादीकाे बाटोमा जाने छ त्यसैले जनताले नै जिम्मेवार भएर सोचेर मतदान गर्नुपर्छ । अब देश बनाउँने कि बिगार्ने तपाइको हातमा छ । ”

“मुलूक पूर्ण रूपले बेरोजगार उत्पादन गर्ने कारखाना बनाउँने अहिलेसम्म देशकाे नेतृत्व गर्ने दलहरु नै भएकाे बताउँदै, नगरिकले अब फेरि उनै देश बिगार्ने नेतालाई भोट दिएर मुलुकलाई जिम्मा लगाउँनु भनेको मुुलुकलाई पछि बनाउँनु हो । भावी पुुस्तालाई पछि पार्नु हो, अध्यक्ष लिङ्देनले भने-हाम्रै जीवन कालमा देश बनाउन सकिन्छ । भ्रष्टचार नगरेर पनि देश बनाउँन सकिन्छ । भष्टचार गर्नु भनेको आमाको रगत पीउनु सरह हो भनेर देश र जनताको पक्षमा काम गर्नुपर्छ ।”

मेरो बाजे बुवाले जुन पार्टीमा भोट हाले तपाइले पनि त्यहि छापमा भोट हाल्ने परम्पराले मुलूकको विकास हुन नसकेको भन्दै, देश समृद्धि, विकास होस भन्न चाहनु हुन्छ भने पार्टी हेरेर भन्दा पनि नेपाल र नेपालीको हकहितमा ल्याउँने पार्टीसँगै उम्मेद्धारलाई सोचेर छोरी दिनु भन्दा महत्व दिएर भोट लगाउँन आग्रह गरे ।

अध्यक्ष लिङदेनले ‘मुलुुकको नेतृत्व गर्ने कांग्रेस, कम्युनिष्टले मुलुकलाई यस्तो अवस्थामा ल्याएको आरोप लगाउँदै आज पैसा खुवाएर काम गर्न सक्ने, घुस खुवाएर काम लगाउन सक्नेलाई समाजमा बाठो भन्न थालेको बताउँदै, उनले भने – मुलुकमा भ्रष्ट्राचार सामान्य भइसकेको छ । पैसा खाएर काम गर्नेलाई खान्छ त नखाई कसले काम गर्छ भन्न थालेका छ, यो के हो ? यो सामान्य अवस्था होइन । समाजलाई यस्तो अवस्थामा कसले पुर्‍यायो । राजनीतिक दल भएर होइन, आम नेपाली भएर हेरौं ।’

मुलकमा शक्ति राष्ट्रको हस्तक्षेप समेत बढेको छ । विदेशीको निर्देशनले मुलुक सञ्चालन भइरहेको छ । कुन दललाई जिताउने भन्ने विषयमा विदेशमा फलफल हुुँने गरेको भन्दै, सांसदले मन्त्री हुन नपाउने । प्रत्यक्ष प्रधानमन्त्रीको व्यवस्था बनाउँदै प्रदेश सरकार खारेज गरेर मात्र देशको अर्थतन्त्र उकालो लाग्नेमा जोड दिए ।

शिक्षा र स्वाथ्य निशुल्क हुनुपर्ने बताउँदै अध्यक्ष लिङदेनले मुलुकमा व्यक्तिगत स्वार्थले राजनीति गरेकोले भ्रष्टचार, महंङगी, कुशासन मौलाएको बताउँदै, किसानले समयमा चाहिएको मल पाउँन सकेका छैनन, कारण के हो प्रश्न गर्दै, मुलूक खतरा अवस्थामा पुुगेकोमा दुुःख व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार