इलामः प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलाममा दुुई लाख २४ हजार आठ सय ७७ जना मतदाताले मतदान गर्न पाउँने छन् ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १५ हजार ९ सय ५२ जना पुुरूष र एक लाख ८९ हजार २३ जना महिला मतदाताले मतदान गर्न पाउँनेछन् ।
जिल्लामा एक सय ५० मतदान स्थलमा २ सय ८५ मतदान केन्द्र रहेका छन् ।
प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७१ मतदान स्थलमा एक सय ३६ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर २ मा ७९ मतदान स्थालमा एक सय ४९ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिनीधिसभा निर्वाचन क्षेत्र
प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ९५ हजार ३५ जना मतदाता छन् । यसमा ५७ हजार एक सय ६८ पुुरूष मतदाता छन् भने ५२ हजार ३ सय ६७ जना महिला मतदाता छन् ।
भूूगोलको हिसाबले प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा सन्दकपुर, माइजोगमाई, रोङ गाउँपालिकाकासँग्ै सूूर्योदय नगरपालिकाको सबै वडा, इलाम नगरपालिकाको १० नम्बर वडा र माई नगरपालिकाको १, २, ४, ५, ९ र १० वडामा पर्दछ । यसमा सन्दकपुर गाउँपालिकाको १३ हजार ४ सय ९ जना, माइजोगमाई गाउँपालिकाको १६ हजार ६ सय १७ जना, रोङ गाउँपालिकाको १४ हजार ८ सय १७ जना, सूूर्योदय नगरपालिकाको ४४ हजार ८ सय ९८ जना, इलाम नगरपालिकाको १० नम्बर वडाको ३ हजार ६ सय ८ र माई नगरपालिकाको ६ वटा वडाको १६ हजार १ सय ८६ जना मतदाता छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ३ सय ४२ जना छन् । यसमा ५८ हजार ७ सय ८४ पुुरूष मतदाता छन् भने ५६ हजार ५ सय ५६ जना महिलाले मतदान गर्न पाउँने छन् ।
भूूगोलको हिसाबले प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा देउमाई नगरपालिका, फाकफोकथुुम, माङसेबुुङ, चुुलाचुली गाउँपालिका, इलाम नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८, ९, ११ र १२ नम्बर वडा र माई नगरपालिकाको ६, ७ र ८ वडा पर्दछ । यसमा देउमाई नगरपालिकाको २६ हजार एक सय ६२ जना, फाकफोकथुम गाउँपालिकाको १६ हजार ३ सय ९० जना, माङसेबुुङ गाउँपालिकाको १२ हजार ५ सय ५ जना, चुलाचुली गाउँपालिकाको १८ हजार ४ सय ७ जना, इलाम नगरपालिकाको ११ वटा वडाका ३३ हजार ९ सय २० र माई नगरपालिकाको तीन वडाका ७ हजार ९ सय ५८ जना मतदाता छन् ।
जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र
जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को क मा ५५ हजार २ सय ४७ जनाले मतदान गर्न पाउँनेछन् । यसमा २८ हजार ८ सय ६९ जना पुुरुष र २६ हजार ३ सय ७८ जना महिला मतदाता रहेका छन् ।
३७ मतदान स्थलमा ७० मतदान केन्द्र तोकिएको निर्वाचन क्षेत्रमा सन्दकपुर, माइजोगमाई गाउँपालिका, इलाम नगरपालिकाको वडा नम्बर १० र सूूर्योदय नगरपालिकाको १, २, ३, ९, १० र ११ वडा समेटिएको छ । यसमा सन्दकपुर गाउँपालिकाको १३ हजार ४ सय ९ जना, माइजोगमाई गाउँपालिकाको १६ हजार ६ सय १७ जना, इलाम नगरपालिकाको १० नम्बर वडाको ३ हजार ६ सय ८ र सूर्योदय नगरपालिको ६ वटा वडाको २१ हजार ६ सय १३ जना मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को ख मा ५४ हजार दुुई सय ८८ जनाले मतदान गर्न पाउँनेछन् । यसमा २८ हजार दुुई सय ९९ पुुरुष र २५ हजार ९ सय ८९ जना महिला मतदाता छन् ।
३४ मतदान स्थालमा ६६ मतदान केन्द्र तोकिएको निर्वाचन क्षेत्रको भूूगोलमा रोङ गाउँपालिका, माई नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ९ र १० र सूूर्योदय नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८, १२, २३ र १४ समेटिएका छन् । यसमा रोङ गाउँपालिकाको १४ हजार ८ सय १७ जना, माई नगरपालिकाको ७ वटा वडको १६ हजार एक सय ८६ जना, सूूर्योदयन गरपालिकाको ८ वटा वडाको २३ हजार दुुई सय ८५ जना मतदाताले मतदाता रहेका छन् ।
जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को क मा ६० हजार ८२ मतदाताले मतदान गर्न पाउँनेछन् । यसमा ३० हजार तीन सय ६९ पूूरुष र २९ हजार सात सय १३ जना महिला मतदाता छन् ।
३९ मतदान स्थलमा रहेको ७७ मतदान केन्द्र रहेको क्षेत्रमा इलाम नगरपालिकाको १० नम्बर वडा बहेक सबै वडा, देउमाई नगरपालिका समेटिएको छ । यसमा इलाम नगरपालिकाको ११ वटा वडाको ३३ हजार ९ सय २० जना र देउमाई नगरपालिकाको २६ हजार एक सय ६२ जना मतदाता रहेका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को ख मा ५५ हजार दुुई सय ६० मतदाताा रहेका छन् । यसमा २८ हजार चार सय १५ पुुरूष र २६ हजार ८ सय ४३ महिला मतदाता रहेका छन् ।
४० मतदान स्थालमा ७२ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्रमा चुलाचुली, माङसेबुुङ, फाकफोकथुम गाउँपालिका र माई नगरपालिकाको ६, ७ र ८ वडा समेटिएका छन् । यसमा चुलाचुली गाउँपालिकाको १८ हजार ४ सय ७ जना, फाकफोकथुुम गाउँपालिकाको १६ हजार ३ सय ९० जना, माङ्सेबुङ गाउँपालिकाको १२ हजार ५ सय ५ जना र माई नगरपालिकाको तीन वटा वडाको ७ हजार ९ सय ५८ जना मतदाताा रहेको तथ्याङ्क छ ।