छथरजाेरपाटीमा परोपकार युवा समूह गठन, छ सामुुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अविभावकत्व ग्रहण गर्ने


भरत थोक्लेन  332 पटक हेरिएको

धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ नम्बर वडामा परोपकार युवा समूह गठन भएको छ ।

समूूहले समाजका असहाय, बिपन्न, दैवि प्रकोपमा परेका, स्वास्थ्य समस्याकासँगै शिक्षाबाट बञ्चित भएका बालबालिका र समस्याले ग्रसित स्थानीयको उद्दार तथा सहयोगी भूमिकाका निर्वाह गर्ने बताइएको छ ।

स्थानीय क्षेत्रमा एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने योजना रहेको कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै समूहका सदस्य हरीप्रसाद काफ्लेले जानकारी गराए । समूहको यो काममा देश तथा विदेशबाट सहयोग रकम आउने कार्य जारी रहेको बताइएको छ ।

समूहले वडा भित्रका छ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेको जनाइएको छ ।

समूहका अध्यक्ष खेमराज लिम्बुुले प्रत्येक विद्यालयका एक एक जनाका दरले जम्मा छ जनालाई आधारभूत शिक्षा पूरा गर्न सहयोग गर्ने जानकारी गराए ।
थप सफल र फराकिलो बनाई दिगो रूपमा सञ्चालन गर्न थप छलफल गर्दै निणर्य सार्वजनिक गर्ने समूहका सदस्य टीका थोक्लेनले बताए ।
शिक्षक खेलबहादुर लिम्बुले ग्रामीण समाजका भलाई र सहयोगका लागि यो नयाँ कार्य हुनु समाजको असल कार्यको सुरुवात भएकोमा सबैले होस्टेमा सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।

समुद्घाटन गरेको कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष अध्यक्ष शेरबहादुर लिम्बुले सामूहिकले हातमा हात र काँधमा काँध मिलाए मात्रै समूहको लक्ष्य र उद्देश्य पूरा हुने सुुझाए । कुनै बेला नेता तथा कार्यकर्ताले विभिन्न प्रकृतिका बालबालिकाहरुको लागि संरक्षकत्व तथा अभिभाकत्व ग्रहण गर्ने लहर एक वर्षमै सकिएको चर्चा गर्नुहुदै समूहले यस्ता बालबालिकाहरुको अभिभावकत्व लामो समयसम्म ग्रहण गर्ने कार्य सराहनीय रहेकोले संस्थागत विकासमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा विभिन्न टोल विकास समिति, राजनीतिक दल, विद्यालय, तथा स्थानीयवासीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार