ताप्लेजुुङः १२ बुुँदे ताप्लेजुुङ घोषणा पत्र २०७९, जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १ नम्बर प्रदेशको तेस्रो प्रादेशिक भेला फूङलिङ बजारमा सम्पन्न भएको छ ।
भेलाले एक नम्बर प्रदेशको नामाकरण पहिचान सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान किरात वा किरात लिम्बुवान राख्नु पर्ने माग गरेको छ ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनागरारण बहादुर श्रेष्ठलाई बनाउँनुु पर्ने । ऐतिहासिक तथ्य र प्रमाणको आधारमा श्रेष्ठनै महासंघको अध्यक्ष भएकोले महासंघको संस्थापक अध्यक्ष गर्न माग राखेको छ ।
समावेशी सञ्चार नीतिलाई व्यवहारिक रूपमा कार्यान्वय गर्दै समाचार कक्ष समावेशी बनाउँन समानुुपातिक समावेशी प्रतिनीधित्व व्यवस्था अनुुरूप सञ्चार ऐन, नीति, नियमावली बनाउँनुु पर्ने । सरकारले निर्धारण गरेको न्यूूनतम पारिश्रमिक प्रदेश भरका सबै सञ्चार माध्यममा लागु गराउँन माग गर्दै, स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक साहुलियतको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गरेको छ ।
प्रदेश नम्बर १ मा मातृ भाषा (राष्ट्र भाषा) मा प्रकाशन प्रशारण हुुँने सञ्चार माध्यमको प्रवद्र्धन तथा आर्थिक शशक्तिकरण र निरन्तरताका लागि सबै तहको सरकारबाट आवश्यक सहयोगमो माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गिकरणमा विशेष व्यवस्था गर्नुपर्ने । राज्यबाट वितरण गरिने विज्ञापन समानुुपातिक आधारमा उपलब्ध गराउँने काुननी व्यवस्था हुुँनुु पर्ने । आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी, समुदायबाट पत्रकारितामा क्रियाशिल पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग राखेकोे छ ।
आदिवासी जनजातिहरूको दाहसंस्कार स्थल, समाधिस्थल, पुरातात्विक स्थल, आदिमा राज्य पक्षबाट हुँने अतिक्रमणको अन्त्य र मातृ भाषामा नामाकरण गरिएको विभिन्न ठाउँको अप्रभंश गर्दै खश नेपालीकरण गरिएकोमा त्यसलाई पुनउत्थान र पुनलेखन गर्न गराउन भेलाले प्रण गरेको छ । यस्तै ताप्जेजुुङमा रहको मुक्कुमलुुङको ऐतिहासिक तथ्य प्रमाण र दस्तावेजको आधारमा मौलिक पहिचनलाई कायम राख्न सबै पक्षहरूले साझा धारणा बनाई उठेको समस्या समाधान गर्नु पर्ने उल्लेख छ ।